सोमबार, जेठ १३ २०७६ | Mon, May 27, 2019
नेपालको समय: १३:४६ | UK Time: 09:01

बेलायतीहरुको यौन क्षमता घट्दै

विनेपाली
२०७६ वैशाख २८ गते ११:२२

लन्डन । बेलायतीहरुले केही वर्ष यता यौन सम्पर्क कम गर्न थालेको एउटा वृहत राष्ट्रिय सर्वेक्षणले देखाएको छ । ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित प्रतिवेदनले करिब एक तिहाइ महिला तथा पुरुषले गत एक महिनामा 
यौन सम्पर्क नै नगरेको देखाएको छ । १६ देखि ४४ वर्षका आधा भन्दा कम महिला तथा पुरुषले सातामा एक पटकमात्र यौन सम्पर्क गर्ने गरेको बताएका छन् ।

३४ हजार मानिसमा गरिएको सर्वेक्षण तथ्यांकअनुसार २५ वर्ष माथिका बैवाहिक जोडी वा संगै बसेका (लिभिङ टुगेदर) महिला तथा पुरुषको यौन क्रियाकलापमा गत २१ वर्षको समयावधिमा सबैभन्दा बढि गिरावट आएको छ ।

अनुसन्धानकर्ताहरुले बेलायतको यौन सम्बन्ध र जीवनशैलीबारे सन् १९९१, २००१ र २०१२ को राष्ट्रिय सर्वेक्षणको तथ्यांकलाई आधार मानेका हुन् । यसबाट बेलायतका नागरिकको यौन क्रियाकलापबारे आंकलन गरिएको हो ।

हालै प्रकाशित तथ्यांक अनुसार १६ देखि ४४ वर्षका आधा भन्दा कम (४१ प्रतिशत) मानिसले गएको महिनामा सातामा कम्तीमा एक पटक यौन सम्पर्क गरेको बताएका छन् । गएको महिनामा एक पटक पनि यौन सम्पर्क नगर्ने महिलाको अनुपात सन् २००१ देखि २०१२ को बीचमा २६ प्रतिशतबाट बढेर २९.२ प्रतिशत र पुरुषको २६ प्रतिशतबाट बढेर २९.२ प्रतिशत पुगेको पाइएको छ ।

महिनाको १० पल्ट वा त्यो भन्दा बढि यौन सम्पर्क गर्ने महिलाको संख्या २०.६ प्रतिशतबाट घटेर १३.२ प्रतिशत छ भने पुरुषको २०.२ प्रतिशतबाट घटेर १४.४ 
प्रतिशत स्रहेको छ ।

३५ देखि ४४ वर्षका औषत महिलाले गत महिनामा यौन सम्पर्क ४ पटक गर्ने गरेकोमा २ तथा पुरुषले ४ बाट ३ पटकमा झरेको अध्ययनमा देखिएको छ ।

लन्डन स्कुल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिनका अनुसन्धानकर्ताहरुले कुमारित्व जोगाउने उद्देश्यभन्दा पनि पहिला यौन क्रियाकलाप बढि गर्ने मानिसहरु नै संख्यामा कमी आएको बताएका छन् । २५ वर्ष भन्दा कम उमेरका अविवाहितले थोरै यौन सम्पर्क राखेपनि विवाहित तथा संगै बस्ने जोडीको यौन क्रियाकलापमामा समेत उल्लेख्य कमी आएको जनाइएको छ ।

आधुनिक जीवनशैली, कार्य ब्यतस्ता तथा चिन्ताका 
कारण यसरी यौन क्रियाकलापमा ह्रास आएको जनाइएको छ । जागिर, बालबालिकाको जिम्मेवारी, सामाजिक अवस्था आदि कारणले पनि यौनमा कमी आएको हुनसक्ने प्रतिवेदनमा छ ।

समाजमा महिला पुरुष समानताको मुद्दाका कारणले पनि महिलाहरु आफ्नो पतिको चाहना अनुरुप यौन गर्न 
चाहंदैनन् भन्ने छ । कतिपयले सामाजिक सञ्जाल तथा विश्व आर्थिक मन्दीका कारण पनि यौन क्रियाकलाप घटेको हुनसक्ने औंल्याएका छन् ।

सेक्स थेरापिस्ट पिटर स्याडिङटन संख्यात्मक भन्दा गुणात्मक यौनले महत्व राख्ने बताउंछन् । ‘यसले अर्थ 
राख्दैन कि तपाईं हरेक दिन डायरीमा मिति लेखेर यौन गर्नुस्’, उनको भनाई बीबीसीमा उल्लेख छ ।

युनिभर्सिटी कलेज लन्डनका प्राध्यापक डा. क्याथ मर्सरका भनाइमा मानिसहरु सेक्स मुडभन्दा जागिर र पैसाले चिन्तित छन् । ‘आधुनिक प्रविधि पनि यस पछाडिको कारण छ’, उनले बीबीसीसंग भनेका छन्, ‘अचेल प्राय मानिसहरुको हातमा टयाब्लेट्स र स्मार्टफोन छन् । उनीहरु बेडमै फेसबुक ट्वीटर र इमेलको जवाफ दिएर समय 
बिताउंछन् ।’ कान्तिपुर

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक