फडिन्द्र भट्टराई यसपटक पनि एनआरएनए यूके महासचिवमा लड्ने

Phadindra Bhattarai

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतको आउंदो सेप्टेम्बरमा हुने निर्वाचनका लागि फडिन्द्र भट्टराईले महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेप्लिज सेफ एशोसिएसन यूकेले सोमबार सांझ मिडल्याण्डको बर्मिङहममा आयोजना गरेको कार्यक्रममा भट्टराईले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन् ।

लामो समयदेखि एनआरएन अभियानमा सक्रिय रहंदै आएका भट्टराई एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको भाषा तथा साहित्य र मिडिया विभागमा सदस्य छन् । यसअघि एनआरएनए यूकेको छैंठौं कार्यसमितिमा सचिवको जिम्मेवारी सम्हालेका उनले पांचौं कार्यसमितिमा सदस्यका रुपमा समेत काम गरेका थिए । सेतोपाटी अनलाइनका युरोप संयोजक उनी बेलायतको नेपाली समुदायमा एक पत्रकार, कवि तथा साहित्यकारका रुपमा समेत परिचित छन् ।

उम्मेदवारी घोषणा गर्दै भट्टराईले आफ्ना चुनावी एजेण्डा र प्रतिवद्धता औपचारिक कार्यक्रम गरि छिट्टै सार्वजनिक गर्ने जनाए । उनले मिडल्याण्डवासी नेपालीहरुलाई गैरआवासीय नेपाली संघको सदस्यता लिन आव्हान समेत गरे । दशौं लाख प्रवासी नेपालीहरुको प्रतिनिधित्व गर्ने एक मात्र नेपाली संस्था ‘गैरआवासीय नेपाली संघ’ संगको आवद्धता महत्वपूर्ण रहने उनको भनाइ थियो ।

संघको विगतको समीक्षा गर्दै प्रवासमा क्रियाशिल विभिन्न पेशा, वर्ग र सुमदायका संघसंस्थाको समन्वय र सहकार्यलाई भावी दिनमा थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता उनले औंल्याएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री