आचार्यको नयाँ पुस्तक ‘बेलायतको वित्तीय अबलोकन’ छिट्टै पाठक सामू

लन्डन । बेलायतमा लामो समयदेखि बसोबासरत अर्थ ब्यबस्थापनका जानकार विकलचन्द्र आचार्यको नयाँ पुस्तक ‘बेलायतको वित्तीय अबलोकन’ छिट्टै पाठक सामू आउने  भएको छ । पुस्तकमा बेलायतको वित्तीय सामर्थ, बैंकिंङ  इतिहास, बैंकको संरचना तथा कार्यविधि, पाउण्ड स्टर्लिंगको अवस्था, सम्पत्ति सुद्दिकरण, बिमा, ब्रेक्जिट, औद्योगिक क्रान्तिको शिक्षा, लन्डन स्टक मार्केट लगायत वित्तीय क्षेत्रको विविध विषय समाबेश छ ।

बेलायतको वित्तीय परिवेशबाट नेपालले नीतिगत रुपमा सिक्न सक्ने कुराहरु धेरै  भएको र यसको लागि आफ्नो सुझाबहरु पनि किताबमा लेखिएको कुरा लेखक आचार्यले बताए ।  विश्वको एक शक्तिशाली वित्तीय केन्द्र रहेको बेलायतको भित्रि गहिराइमा पुगेर लेखिएको यस किताबले बेलायतको बास्तबिक वित्तीय परिवेश बुझ्न सरल हुने पनि आचार्य बताउँछन् । बेलायतको वित्तीय क्षेत्रले संसारभर प्रभाव पार्ने गरेकोले राजधानी लन्डन आर्थिक केन्द्र रहिआएको छ ।

बेलायतमा मात्रै दिनमा औसत करिब २ दशमलब ७३ ट्रिलियन (२०७३ अर्ब) डलर बराबरको विदेशी विनिमयको कारोबार हुने गर्छ, जुन कुल विश्व कारोबारको ४० दशमलब ९ प्रतिशत हो । अमेरिकाको डाओ जोन्स र नस्डाक पछि लन्डन स्टक मार्केट आउँछ ।

बेलायतको प्रतिष्ठित प्राइभेट स्कुल आर्डिंङलाए कलेजमा छात्रवृत्ति पाएर बि.सं.२०५० मा बेलायत आएका हुन् ।  बेलायतमा उच्च शिक्षा अध्ययन गरेका आचार्यले शिक्षा, साहित्य तथा स्वास्थ्य क्षेत्रमा कलम चलाउदै आएका छन् ।  उनका चार अरु पुस्तक प्रकाशित भइसकेका छन् । गोरखा बजारमा ४५ बर्ष अघि जन्मेका आचार्य सानै उमेरमा बेलायत आएपनि लेखनमा क्रियाशील छन् ।

वित्तीय क्षेत्र अलावा नेपालीमाझ मुटुरोगबारे सचेतना जगाउन उनले उलेख्य भूमिका खेलिरहेका छन् । डायस्पोरा जीबनको यथार्थलाइ समेटिएर लेखिएको उनको ‘मोह’ उपन्यास चर्चित भएको थियो ।

लामो समय ब्यबस्थापन बिषयमा अनुभव सँगालेका  आचार्य ब्रिटिश मेडिकल जर्नालिष्ट एशोसियसनका सदस्य पनि हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री