बेलायती तीन मन्त्रीले गरे नेपाल भ्रमणको प्रतिवद्धता


लन्डन । बेलायतका तीन प्रभावशाली मन्त्रीहरुले नेपाल भ्रमण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सफल नेपाली व्यवसायी रबिजंग लामिछाने
संगको भेटमा विदेशमन्त्री जेरेमी हन्ट, कानून मन्त्री डेभिड गाउक र व्यापार तथा उद्योग राज्यमन्त्री रिचर्ड हयारिङटनले नेपाल घुम्ने आश्वासन दिएका हुन् ।

सेन्ट्रल लन्डनको ओरियन्टल क्लबमा आयोजित बेलायतका व्यवसायीहरुको एउटा रात्रीभोजमा लामिछानेले नेपाल सरकारले घोषणा गरेको ‘भ्रमण वर्ष २०२०’ बारे अवगत गराउंदै घुम्न अपिल गरेका थिए । प्रतिउत्तरमा ति मन्त्रीहरुले बेलायत नेपाल सदियौं पुरानो सम्बन्धबारे चर्चा गर्दै अनुकुल समयमा नेपाल भ्रमण गर्ने बताएको लामिछानेले जनाए ।

मन्त्रीहरुले बेलायतका नेपालीको मेलमिलाप र इमान्दारिताको समेत प्रशंसा गरेको व्यवसायी लामिछानेले जानकारी दिए । भेटमा लामिछानेले मन्त्रीत्रयलाई ‘भिजिट नेपाल २०२०’ प्रवर्धनको टिसर्ट समेत प्रदान गरेका थिए ।

भ्रमण वर्षमा २० लाख पर्यटक भित्रयाउने नेपाल सरकारको लक्ष्य पुरा गर्न बेलायतमा समेत गठन भएको समितिमा लामिछाने संलग्न छन् ।

समाजसेवामा उत्तिकै सक्रिय लामिछानेले नेपालमा ५० असहाय बालबालिकाको बोर्डिङ स्कुलमा पठनपाठन व्यवस्था गरिदिएका छन् । मानवीय सहयोगबाहेक कयौं मठमन्दिर बनाउन पनि उनको आर्थिक योगदान छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री