बेलायतमा नेपालीको केयर होम सर्वोत्कृष्ट सेवा प्रदायकमा सूचिकृत

लन्डन । ब्रिटेनको केयर क्वालिटी कमिशनले ग्रीनवीच बेक्स्लीमा रहेको ‘होम इन्सटेड सिनियर केयर’ लाई लन्डनका दुईओटा बरोहरुमध्ये सर्वोत्कृष्ट सेवा प्रदायकको रुपमा सूचिकृत गरेको छ ।

कमिशनले मार्च २०१९ मा गरेको निरीक्षणपछि उक्त कम्पनीले पुरयाएको सेवा वृद्धवृद्धाहरुकालागि सुरक्षित र प्रभावकारी रहेको पाइएको जनाएको छ । त्यहाँ दिइएको सेवा निकै मानवीय र आवश्यकतामा आधारित रहेको उसले बताएको छ ।

बेलायतस्थित चिरपरिचित गुल्मेली समाजसेवी एवं व्यवसायी फत्त थापाले सञ्चालन गरेको उक्त केयर होम ‘इन्सटेड सिनियर केयर’ ले वृद्धवृद्धाहरुलाई उनीहरुकै घरमा व्यक्तिगत स्याहार, साथ र घरायसी मद्दत पनि प्रदान गर्ने गरेको छ । निरीक्षकहरुले सो कम्पनीले दिई रहेको सेवाले वृद्धवृद्धाहरुलाई आफ्नो जीवनका अत्यधिक सम्भावनाहरु प्राप्त गर्न सघाउ पुगेको बताए ।

एडल्ट सोसल केयरकी उप प्रमुख निरीक्षक डेबि इभानोभाले भनिन्, ‘होम इन्सटेड समूहले घरमै गएर ज्येष्ठ नागरिकहरुलाई पुरयाएको सेवा सांच्चिकै सह्राहनीय छ । खास गरी सेवाग्राहीहरु सेवाबाट सन्तुष्ट र खुशी भएको देख्दा हामी पनि खुशी छौं ।’

होम इन्सटेड सिनियर केयरका संचालकद्वय फत्त थापा तथा सोनिया थापालाई हालै ब्रिटिश महारानीले ग्रिष्मकालिन चिया पार्टीमा निम्तो गरेकी थिइन् ।

जीवनसंगिनी सोनियाका साथ सञ्चालक फत्त थापा गत साता बेलायती राजदरबारमा आयोजित क्वीन्स् गार्डेन टी पार्टीमा ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री