बेलायत आउंदै प्रधानमन्त्री केपी ओली

प्रधानमन्त्री केपी शर्मा ओली । तस्वीर – नवीन पौडेल, रासस

लण्डन । प्रधानमन्त्री केपी शर्मा ओली बेलायत आउने भएका छन् । प्रधानमन्त्री ओलीले जुन ९ देखि १५ सम्म तीन यूरोपेली मुलुक बेलायत, फ्रान्स र स्विटजरल्यान्ड भ्रमण गर्न लागेको जनाइएको छ । प्रधानमन्त्री ओलीको भ्रमण तयारीमा सरकारी अधिकारीहरु जुटेका छन् । 

ओलीले बेलायतको अक्सफोर्ड विश्वविधालयमा प्रवचन दिने र बेलायती अधिकारीहरुलाई पनि भेट्ने कार्यक्रम छ । तर, बेलायती प्रधानमन्त्री टेरेजा मेले आउँदो महिना पदत्याग गर्ने घोषणा गरिसकेको अवस्थामा ओलीले कुन तहको नेतासँग भेट गर्ने तय हुन बाँकी छ । यद्यपि मे कामचलाउ प्रधानमन्त्रीका रुपमा भने केही समय रहने छिन्  

लण्डनस्थित नेपाली दूताबास स्रोतले कार्यक्रम विवरण आगामी साता आउने जनायो ।  

बेलायत नेपाल कुटनीतिक सम्बन्ध स्थापना भएको २०३ वर्ष भइसक्दा बेलायती प्रधानमन्त्री एक जनाको पनि नेपाल भ्रमण हुन सकेको छैन् । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री