समय, मृत्यु र जिजीविषा

मंगलबार, सेप्टेम्बर । सन् फ्लावर वार्डको कोठा नम्बर भित्र, डाक्टर साईमनले आमाको रिपोर्ट सरसर्ती हेरिसकेपछि भन्यो – ‘हामी दोभाषे बोलाएर तिम्रो आमाको रोगबारे उनलाई जानकारी दिन्छौं ।’ प्रत्युत्तरमा मैले भने,मलाई भने हुन्छ, मेरो आत्मबल त्यति कमजोर छैन ।’

सरकारी पोलिसी हो, बिरामीलाई उनको रोगबारे जानकारी दिनुपर्छ’, डाक्टर भन्दै थियो

मैले ढिपी गरिसकेपछि डाक्टरले सुनायो-आमालाई फोक्सोको क्यान्सर भएको छ ।’ स्टेज चार पुगिसकेको अत्यन्तै आक्रामक किसिमको सेल भएको कारण यसले फोक्सोलाई एकदम छिट्टो आक्रमण गरिसकेको अवस्थाको थप जानकारी दियो । डाक्टरले नहिच्किचाई आमाको आयु ३ देखि महिनासम्म हुन सक्छ भन्ने सम्भावित समयको अड्कलबाजी समेत सुनायो ।

अघिसम्म एकदम दरिलो आत्म बिश्वास भएको सुनाउँदै थिएँ, मेरो अनुहारको रंग फेरियो सायद।

आमाले मलाई पुलुक्क हेर्दै सोध्नु भयोके भन्दैछ डाक्टरले? मलाई क्यान्सर भएको हो ?’

हैन ! अरु नै बिमार हो ।आमालाई यसो भनिरहँदा मेरो गला अवरुद्ध भएको थियो ।

डाक्टरले भर्खरै सुनाएको कुरालाई मैले स्विकार्न सकेको थिइन । मेरो आँखाहरु एकाएक रसाए । मैले सहज हुने कोशिश गरेँ। कानमा डाक्टरका शब्दहरु प्रतिध्वनि आइरह्यो। आफैंलाई मनभित्र सान्त्वना दिएँ– ‘डाक्टर भगवान हैन, रिपोर्ट हेरेको भरमा यिनले कसरी यति सहज ढंगले निर्क्योल गर्न सक्छन्?

अलिअलि लोती झुन्डिएको चिम्सो आँखा झिमझिम गर्दै, मैले ईंग्लिश नबोले पनि अन्दाज गर्नु सक्छु बुझिस, नढाँट मलाईआमाले भन्नुभयो। आमा कति पनि बिचलित देखिनु हुन्नथ्यो, यसो भनिरहनु हुँदा 

एकांकी जीवनको उतारचचढाव भोगेकी, छोराछोरी हुर्काउन्दै, बढाउंदै अनि पढ़ाउदै समाज समाजका बेथितिहरुसंग संघर्ष गरेर जीवनको ७७ औँ बर्षमा पुगेकी जुझारु महिला  नातिनातिनी मात्रै हैन, पनातिपनातिनीको पनि उतिकै प्रिय नजिक हुनुहुन्थ्यो। पनातिपनातिनीको पनि सुख भोग गरिसक्नु भएको आमा, ढुक्क स्वभावको हुनहुन्थ्यो।

केहीमहिना यतादेखि निरन्तर आमासंग अस्पतालको भ्रमण मेरो प्राथमिकताभित्र परेको थियो। दिदि कल्पनाले भने घरमा आमाको रेखदेख गर्थिन। बाहिरको काम/अस्पताल भ्रमणमा भने साथ हुन्थेँ। आमाको उपचारको क्रममा बिभिन्न अस्पतालको भ्रमण गर्दा आमासँग बिताएका समय मेरा जीवनका अमुल्य रहे। आमालाई उनको रोगबारे भ्रम दिनुको कुनै अर्थ थिएन बरु वहाँलाई सकेको साथ  मनमा लागेका इच्छा पुरा गर्नुथियो ।

शनिबार, २४ नोभेम्बर 

समय लागे पनि लागोस्, रातको बजे नै होस् तर आज तेरो घर गएरै छोड्छुआमाले जिद्दि गर्नुभयो। मैले आमालाई लिएर आएँ, मेरो घर।आमाले पहिलो नातिनीको कोठा हेर्नु भयो, त्यसपछि नातिको। नातिनातिनी युनिभर्सिटीमा भएकोले दुवै कोठा खालि थिए, मैले आमालाई सोधें – ‘कुन रुम रोज्नु हुन्छ?’

आमाले भन्नु भयो– ‘ कालुको कोठामा नै सुत्छु।

आमाको प्रत्युत्तर यहि हुनेछ मैले पूर्व अनुमान लगाईसकेको थिएँ ।

छोरा रियाजलाई आमा ‘कालु’ भनेर बोलाउनु हुन्थ्यो। आमाले नै सानो छँदा तेल-मालिस गरि गरि हुर्काएर ढाडमा बोकी हिंडेको नाति भएर होला आमाको कालुप्रति असाध्य प्रेम थियो । युनिभर्सिटी देखि घर आएको थाहा पाउनु भयो भने, ‘खै ! कालु यो पालि मलाई भेट्न आएन त ?’ अघि खोजि गरिहाल्नुथ्यो, फोन गर्नु हुन्थ्यो, त्यसैले पनि मलाई अनुमान गर्नु गाह्रो भएन ।

२४ नोभेम्बरको रात 

अबेरसम्म बात मार्यौं। आमाले भन्नुभयो– ‘रोगी भएर धेरै बाँच्नु भन्दा आफुले सक्ने हुँदा नै जानु बेश ! तिमीहरु सबैसंग सन्तुष्ट छु। अब मैले हेर्नु पर्ने, देख्नु पर्ने केहि बाँकी छैन ।’

आमाले बेला, बेला ‘म चांडै जान्छु’ होला भन्ने जस्ता प्रसंग निकाल्नु हुन्थ्यो।

‘हैट्! के को जान्छ, को जान्छ हौ?’ नाति-नातिनीहरूको बिहे खानु अझै बाँकी छ। ठट्यौली पारामा आमाको मनोबल बढाउँने कोशिश गर्थें। आमाको किमो थेरापी चलिरहेको थियो तैपनि शारीरिकरुपले हेर्दा आमा उति गलिहाल्नु भएको जस्तो देखिनु हुन्नथ्यो।

Lara

लारा

आइतबार, २५ नोभेम्बर साँझ 

आमाको स्वाशप्रश्वासमा समस्या देखियो। दमको दिर्घरोग आमालेइनहेलरप्रयोग गर्नु हुन्थ्यो, त्यसले पनि खासै काम नगरेपछि आपतकालिन एम्बुलेन्स बोलाएर आमालाई साँझ रम्फोर्डस्थित कुईंस हस्पिटल लगियो। एम्बुलेन्सभित्र दिदि कल्पना पनि संगै गएका थियौं।आपतकालिनमा लगेपछि आवश्यक जांच सकिसकेपछि आमालाई वार्डमा सारियो। नेपालको जस्तो बिरामी कुरुवा बस्न नपाईनेअस्पतालदेखि दिदि आफनो घर करिब १० बजेतिर लागिन्। मध्यरात, बाह्र बजेतिर ट्याक्सी समातेर आफनो घर लागेँ। बाटोभरि मन बेचैन भइरह्यो।

मध्यरातमा घर फर्किंदा श्रीमान सुति सक्नु भएकोले तलामाथि उक्लि बैठकमा बसेर भोलि बुझाउनु पर्ने असाइन्मेंट गरिरहेको थिएँयतिबेला रातिको यस्तै १.३० भइसकेको थियो

भौगोलिक भिन्नता ख्यालै नगरि कहिलेकाहीं मध्यरातमा आमाले नेपालदेखि फोन गर्नुहुन्थ्यो मोबाइलको घन्टी आज पनि झन्डै उस्तै समयमा बज्यो यो फोन कल आज आमाको नभएर अस्पताल वार्डदेखि आएको थियो। डाक्टरले फोनमा भन्यो– ‘तिम्रो आमाको श्वासप्रश्वाश एकदम नाजुक बन्दै गईरहेको छ। हामीले स्ट्रोंग दवाई दियौं तैपनि काम गरिरहेको छैन। तिमी झट्ट अस्पताल आउ, आफन्तहरुलाई पनि खबर गर ! यति सुन्नसाथ मेरा गोडाहरु लल्याकलुलुक भए ।

ल्यापटप बन्द गरेर मैले ट्याक्सी कल गरें  अनि दिदी कल्पनालाई कल गरें। उनको फोन उठेन । उनलाई भोइसम्यासेज छोडें । मस्तसंग निदाउनुभएको श्रीमानलाई जगाउनु मेरो मन भन्दा पनि अतालिएको बेला होस् नै रहेन । माथि बेडमा सुतिरहनु भएको श्रीमानलाई पनि खबर नगरि हाम्फाल्दै नोभेम्बरको चिसो रात सडकमा पुगिसकेछु । करिब १० मिनेटमा नै ट्याक्सी आयो। मलाई रम्फोर्ड अस्पतालको रात्रिकालिन रिसेप्सन छेउ लगेर छोडिदियो ।

मेरो मिसकल म्यासेज सुनेर दिदी पनि अतालिंदै भेना कान्छी छोरीसंग अस्पताल आइपुगिन् ।

आमा केहि घण्टाअघि छोडेर जाँदा अलि अलि स्वाशप्रश्वासको कठिनाई भोगी रहनु भएको थियो। यतिबेला, आमाले निक्कै सास्ती खपीरहनु भएको थियो । डाक्टर पनि आखिर मानिस हो । पक्कै संबेदनशील तर यति बेला भनिरहेको – ‘तिम्रो आमाको स्वाश कुनैपनि बेला रोकिन सक्छ । मृत्यु अघि केहि धार्मिक बिधि-च्छा भए भन्न सक्छौ ।

दिदी रोइरहेकी छिन्, शुन्य छु । 

मृत्य अवश्यम्भावी, अकाट्य सत्य ! तर प्रियजनको मृत्यु कसलाई स्वीकार्य हुन्छ?

सोमबार, २६ नोभेम्बर बिहान बजेर ४५ मिनेट

जीवनको अन्तिम प्रहर झन्डै दुई घण्टा श्वासप्रश्वाससंग घम्साघम्सी गर्नुभएकी मेरी आमा अन्तत: मृत्युसंग हार्नुभयो । आमाकै  शब्दमा भन्नु पर्दा-पुरानो पातरुपी देह लण्डनको रम्फोर्डस्थित कुईंस हस्पिटलमा आमाले त्याग्नुभयो

मृत्यु पश्चात थाहा छैन माटोमा मिल्ने यो देहभित्रको आत्माको यात्रा अनि टुंगो कहाँ हो तर मृत्युपछिको जिजीविषा पनि गज्जब नै हुँदो रहेछ । आमाले भन्नुभएको शब्दहरु अहिले पनि कानमा गुञ्जनछन्कथाङ्कदाचित मरि हालें भने भो! नेपाल नलैजाउ! नेपालमा एक्लै हुन्छु…

आमाले भन्नुभएको शब्द परिदृश्यहरु अहिले पनि मानसपटल अनि आँखामा दुबैमा झल्झली आइरहेका छन्...

आमाको फलोअप जाँचका लागि हस्पिटल आएका छौं। सन्फ्लावरवार्डमा आफ्नोआफ्नो समयतालिका अनुसार हस्पिटलका कर्मचारीबाहेक, बिरामी अनि उनीहरुसंगै आएका आफन्तहरुको आउने/जानेको क्रम चलिरहेको छ। वार्डको भित्तामा सुन्दर फूल जडित एउटा बढेमाको फ्रेम सजिएको छ। फ्रेमको मुनि लेखिएका शब्दांशहरुले पुष्टि गर्थ्यो– ‘क्यान्सरले बितेकी कुनै एउटी एउटी तरुण युवतीको सम्झनामा उसको परिवारले धन्यबाद एबं स्मृति स्वरुप अस्पताललाई दिएको उपहार रहेछ ।’

भित्तामा टांगिएको त्यो फूलजडित फ्रेम हेर्दै आमाले भन्नुभयो – ‘मरि हालेंभने, मेरो लास नेपाल नलगेर यतै राख्नु । काठमाण्डौमा राख्यो भने अर्को साल जाँदा त्यहाँ ढुंगा पनि हुँदैन लास पुरेको स्थानमा गाउँमा लगेर राख्यो भने कसले हेर्नु आउँछ मलाई? झारपातले ढाक्छ, एक्लै हुन्छु। यतै राख्यौ भने कमसेकम बर्षदिनमा एकपटक भए पनि एक थुङ्गा फूल त चढाउँछौ होला नि !’

आमालाई मन पर्ने लिली फूल ।

आमा बारम्बार भन्नु हुन्थ्यो ‘मेरो मृत्युमा कान्छी तिमीहरु नरुनु, दुख बिल्कुलै नमान्नु ! समय आएपछि सबै जानुपर्छ। मान्छेको चोला एउटा बनस्पति नै हो, पुरानो पात भईसकेँ, अब मैले झर्नु पर्छ  पो अरु नयाँ पातहरु पलाउँछ अन्तत: यो क्रम चलिरहन्छ अनि हामी माटोमा मिल्दै जान्छौयहि नियति हो जन्मनुको ।‘ 

तिमीहरु सबैलाई एकपल्ट भेटेर, हेरेर फर्किन्छु नेपालभन्नुहुन्थ्यो आमा सुरु, सुरुमा किनभने, ‘क्यान्सररोग लागेकोबारे थाहा थिएन आमालाईन  परिवारमा कसैलाई। पछिल्लो समयमा भने मन परिवर्तन गर्दै आमाले नातिनातिनी वरिपरि बस्न रुचि देखाउनु भएको थियो।

सधैंलाई बेलायत त्यागेर नेपाल जानु भएको आमा, तिमीहरुलाई भेट्न मन लाग्यो भनेर अनायासै बेलायत आगमन हुनु के संयोग नै थियो ?

फर्केर सम्झंदा लाग्छ– ‘के आमालाई पहिल्यै मृत्युको पूर्वाभास भएको थियो?’

घोत्लिएर अहिले पनि सोचिरहन्छु म, सधैंलाई बेलायत त्यागेर नेपाल जानु भएको आमा- ‘तिमीहरुलाई भेट्नु मन लाग्यो’ भनेर अनायासै बेलायत आगमन हुनु के संयोग नै थियो त?  ‘कि! नेपालमा हुँदा नै ‘क्यान्सर’ रोग लागेको बारे आमालाई थाहा थियो अनि आमाले हामीसंग रोग लुकाउनु भयो कि?’ धेरै मानिसहरु आफ्नो रोगहरु अन्तिम अवस्थासम्म लुकाउँछन् । मेरो अलग धारणा छ, कमसेकम परिवार र स्वास्थ्य प्रदायकसंग आफ्नो रोग लुकाउनु हुन्न ।

मृत्युको ठिक दुइदिन अघि, शनिबार, २४ नोभेम्बर 

कान्छीको घर गएरै छोड्छु भन्ने अड्डी लिनु भएको थियो। सकी/नसकी घरसिंढी चढेरै छोड्छु भन्नु अनि मेरो घरको अवलोकन, प्रिय नातिको कोठामा मृत्यु अघिको अन्तिम रात बिताउनु, के संयोग मात्रै थियो ? या, आमाको अन्तरहृदयले डोर्याएको थियो होला?

घोत्लिएर अहिले पनि सोचिरहन्छु

मृत्य अवश्यम्भावी, अकाट्य सत्य ! तर, प्रियजनको मृत्यु कसलाई स्वीकार्य हुन्छ?

मैले सहज हुने कोशिश गरेँ तर भिडहरुमा रहेर, आफुभित्र भने एक्लै हुनुको पीडा जस्तो कष्टकर जिन्दगीमा केहि नहुँदो रहेछ।

मंगलबार, २७, नोभेम्बर 

आमाको मृत्युको ठिक दोश्रो दिन, जन्म तथा मृत्यु दर्ता अफिसमा थिएँ । आवश्यक विवरण एबं प्रक्रिया पूर्ण भइसकेपछि तयार पारिएको आमाको मृत्यु दर्ता प्रमाण पत्र मेरो सामुन्ने पेश गर्दै नम्र स्वरमा रजिस्ट्रारले भनिन्– ‘एकपल्ट राम्रोसंग जाँच गरेर हस्ताक्षर गर्नुहोला

अश्रुपुरित मेरा आँखाले अक्षरहरु धमिलो देखिंदै थियो अत: संगै आएका मेरा श्रीमानलाई मैले एकपटक सम्पूर्ण विवरण पासपोर्टको जानकारीसहित मेल खाएको हेरिदिनु भन्ने अनुरोध गरेँ। बिशेषत: नामको हिज्जे मिलेको हेर्नु थियो। श्रीमानले सबै ठिक भन्ने जानकारी दिनुभयो रजिस्ट्रारलाई  तत्पश्चात् रजिस्ट्रारले कालो रंगको कलम अघि सार्दै मलाई आमाको मृत्यु दर्तामा हस्ताक्षर गर्नु भनिन् । मेरा औंलाहातहरु कापे ।

ढाडस दिंदै रजिस्ट्रारले पुन: अनुरोध गरिन् ।

शिशाको ढोकादेखि बाहिर अरु मानिसहरु पालो कुरेर बसेको देखिन्थ्यो ।

श्रीमानले भन्नुभयो– ‘मानिसहरु बाहिर पालो कुरेर बसेको , दह्रो मन गर भन्दै हस्ताक्षर गर्न हौसला दिनुभयो।रजिस्ट्रारले औंलाएको ठाउँमा मैले आँखा चिम्म गरेर आफुलाई जन्म दिने आमाको मृत्युको ‘अफिसियल्ली’ घोषणा हस्ताक्षर गरिदिएँ आफुलाई जन्मदिने जननीको मृत्युहस्ताक्षर गर्नु जस्तो सकस सायदै मैले जीवनमा अनुभव गरेँ हस्ताक्षर पस्चात आमाको मृत्युको प्रमाणपत्र बुझेर, मृत्यदर्ताको अफिस देखि बाहिरिएँ ।

शुक्रबार, १४ डिसेम्बर । 

शबगृहमा करिब दुई हप्ता राखेपछि आमाको नश्वर देहलाई वहाँको इच्छाअनुरुप नै लिली फूलहरुले सजाएर बेलायतस्थितष्टलन्डनको क्रों लेनसिमेट्रीभित्र अन्तत: माटोमा समाधिष्ट गरियो। टाढाटाढादेखि परिवारजन एबं शुभचिन्तकहरु, सम्झेर/फुर्सद निकालेर आए।

आइतबार, २६ मे

आमा बित्नु भएको आज ठ्याक्कै महिना भएछ ।

यस्तो लाग्छ आमा गाईघाट, घरको बरन्डामा बसेर यतिबेला छिमेकी खत्रिनीसंग गफ गर्दै हुनुहुन्छ । घरको पछिल्तिर करेसाबारीमा बोटले थामी नसक्नु फलेका मेवा टिपेर लैजाउ है भन्दै हुनुहुन्छ।

लाग्छ, मेरो मोवाइलको घन्टी कुनै पनि प्रहर आमाको फोनकलले पुन: बज्ने छ।

ह्या! तपाईले मेरो निद्रा बिगारिदिनु भयोरिसाइदिनेछु फेरि कान्छीछोरी, दंगाउने प्रशस्त हक पोल्टामा

आमाको फोनकलहरु बेस्सरी सम्झिरहेकी छु  मिस गरिरहेकी छु, ‘मिसकलहरु

अपसोच् ! बितेको समय पुन: फर्केर आउँदैन ।

अब प्रांत बज्ने छैन मेरो मोवाईलको घन्टी मध्यरातमा, आमाको फोनकलले आउने छैन फोन कलहरु

बैचैनीले अनिँदो बनेकी छु, यतिखेर । आमा भने मस्त चिरनिद्रामा सुत्नु भएको छ ।

रेष्ट पिस, आमा

समाप्त

(लण्डन- आइतबार, २६ मे)

प्रतिक्रिया

सम्बन्धित सामाग्री