लण्डनमा वातावरण साहित्य गोष्ठी

लण्डन । लन्डनमा २ जुनका दिन चौथो वातावरण साहित्य गोष्ठी सम्पन्न भएको छ । विश्व वातावरण दिवस पारेर बेलायतमा रहेका १४ वटा नेपाली साहित्य संस्थाहरुको संयुक्त आयोजनामा गरिएको उक्त कार्यक्रमका प्रमुख अतिथी बेलायतका लागि नेपाली राजदूत तथा साहित्यकार डा. दुर्गाबहादुर सुबेदी थिए ।

वातावरण गोष्ठीमा लालिगुराँस फुलको गमलामा प्रमुख अतिथिले जल चढाएर कार्यक्रम आरम्भ भएको थियो । त्यसै लालिगुराँसलाई कार्यक्रमको सभापति मानिने सँस्कार बसिसकेको एक आयोजक संस्था साहित्य सङ्गमका अध्यक्ष बिनोद अधिकारीले बताए ।

तीन दर्जन श्रष्टाद्वारा बाचित इको कवितामध्ये सर्बोत्कृष्ट कविता कबियत्री अहिल्या कुँवरलाई सोही लालिगुराँस फुल र प्रमाणपत्रले सम्मान गरिएको थियो ।  

साहित्यमार्फत बिग्रंदो बातावरणलाई जोगाउन जनचेतना फैलाउनु कार्यक्रमको प्रमुख उद्देश्य हो । प्रत्येक वर्ष बातावरण दिवसको एउटा नारा हुन्छ । यस वर्षको नारा ‘वायू प्रदुषण’ भनी विश्व वातावरण दिवस आयोजक राष्ट्र चाइनाले घोषणा गरेको थियो । कार्यक्रममा बाचित प्राय सबै सिर्जना माथिको नारामा केन्द्रित थिए ।

गोष्ठीमा प्रमुख अतिथी राजदूत डा. दुर्गाबहादुर सुबेदी साथै कार्यक्रमका प्रमुख संयोजक बिजय हितानले बासु शर्माको गजल संग्रह ‘पोखियो मन छताछुल्ल’, प्रतिमा केसीको कबिता संग्रह ‘पानीको बिद्रोह’ र रामप्रसाद घिमिरेको कथा संग्रह ‘खप्परेका कथाहरु’ बिमोचन गरे ।

यस वातावरण साहित्य अर्को वर्ष सन् २०२० जुन मा काठमान्डुमा मनाइने योजना रहेको र त्यसले नेपाल भ्रमण वर्षलाई टेवा पुर्‍याउने प्रमुख संयोजक हितानले बताए । कार्यक्रम साहित्य चौतारीका सर्जक दिनेश पौड्यालले सन्चालन गरेका थिए ।        

प्रतिक्रिया

सम्बन्धित सामाग्री