एनआरएनए यूके कोषाध्यक्षमा भिड्दै तिलक भट्टराई

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेको १४ सेप्टेम्बरमा हुने निर्वाचनमा युवा व्यवसायी तिलक भट्टराईले कोषाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् ।
निकट भविष्यमै एक औपचारिक कार्यक्रममार्फत आफ्नो उम्मेदवारी घोषणा तथा प्रतिवद्धता सार्वजनिक गर्ने उनले बताए ।

‘एनआरएनए यूकेको कोषाध्यक्षका रुपमा संस्थालाई आर्थिक रुपले पारदर्शी र सवल बनाउने मेरो मुख्य संकल्प हुनेछ’- भट्टराईले भने ।

भट्टराई साउथ इष्ट लन्डन क्षेत्रमा केन्द्रित भएर विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका युवा व्यवसायी हुन् ।
हाल उनले बेलायतमा ब्रिट ट्यूसन, नम मार्केटिंग, टिआरबी प्रोपर्टी एण्ड सेल लगायतका कम्पनी सञ्चालन गरिरहेका छन् ।

उनले बेलायतबाट बिजनेस म्यानेजमेन्ट एण्ड फाइनान्समा मास्टर्स गरेका छन् ।

सामाजिक क्षेत्रमा पनि सक्रिय रहंदै आएका भट्टराई बेलायतस्थित विभिन्न नेपाली सामाजिक संस्थामा समेत आवद्ध छन् ।

ग्रेजुएट इन्टरप्रेनर नेप्लिज सोसाइटी (जेन्स) यूकेमा वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा रहेका उनी यती नेपाली एसोसिएसन यूके र रोयल ग्रीनवीच नेप्लिज सोसाइटीमा कार्यसमिति सदस्य छन् ।

एनआरएनए यूकेको राज्य समन्वय विभागका सदस्य भट्टराईले स्कटल्याण्ड राज्य परिषद गठनका लागि संयोजकको जिम्मेवारी समेत सम्हालेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री