तेह्रथुम समाज युकेको वार्षिक भेला सम्पन्न

केन्ट । तेह्रथुम समाज युकेको वार्षिक भेला शनिबार आसफोर्डमा सम्पन्न भएको छ । कार्यक्रममा सुरेन्द्र तुम्बाहाङ्फे र पृथ्बी बहादुर तुम्बाहाङ्फे विशिष्ट अतिथि थिए । अन्य अतिथिहरुमा ताप्लेजुङ समाज युकेका अध्यक्ष बुद्धिमान दर्नाल, पांचथर समाज युकेका प्रतिनिधि सकुन नेम्बाङ्, संखुवासभा समाज युकेका प्रतिनिधि सुन्दर लिङ्थेप, नेपालबाट आएका लिम्बु भाषाका गायक ब्रबिम शेर्मा, तारा लोक्सम, तेह्रथुम समाज युकेका संस्थापक संयोजक भीमराज तुम्बाहाङ्फे, समाजका सल्लाहकार लोक 
गुरुङ्, सल्लाहकार तथा पूर्वअध्यक्ष सूर्य खापुङ्, कानुनी सल्लाहकार उत्तरमान तिगेला साथै एनआरएन युके उपसभापति श्रीमती सुशीला राई थिए ।

उक्त कार्यक्रममा नेपाल र युकेको राष्ट्रिय गान बजाएर पछि संस्थाका अध्यक्ष डम्बर सिङ्गक साथै विशिष्ट अतिथिहरुले संयुक्त रुपमा दीप प्रज्वलन गरेपछि कार्यक्रम शुरु गरिएको थियो । तत्पश्चात बालबालिकाले स्वागत नाच देखाएका थिए ।

कार्यक्रममा संस्थाका नयां आजिवन सदस्यहरुलाई सम्मान पत्र र ब्याज हस्तान्तरण, उत्कृष्ट शैक्षिक योग्यता लिने विद्यार्थीलाई प्रोत्साहन पत्र साथै समाजमा प्रतिनिधिमूलक सन्देश, योग्यता तथा ज्ञान हासिल गर्नेहरुलाई सम्मानपत्र प्रदान गरिएको थियो । त्यसपश्चात चेलिबेटीहरुलाई स्वागत सम्मान गर्दै पहिलो सत्रको कार्यक्रम सकिएको थियो ।

कार्यक्रमको दोस्रो सत्र सांस्कृतिक कार्यक्रमबाट सुरु भएको थियो जसमा फेशन सो अन्तर्गत विभिन्न जातजातिहरु लिम्बु, राई, नेवार, मगर साथै अन्य जातजातिको मौलिक पहिरनहरुको शो मोडल तथा नायिका सिर्जना निङ्लेकुले प्रस्तुत गरेकी थिइन् । उनले बेलायतलाई कर्मभूमि बनाएसंगै ‘सिर्जना ढाका फेशन’ सञ्चालनमा ल्याएकी छिन् जसमा ढाकाका लुगा कपडा अर्डर अनुसार शुपथ मूल्यमा उपलब्ध छ ।

उक्त फेशन सो पश्चात नृत्य, च्याब्रुङ नाच लगायत गायकहरु तारा लोक्सम, प्रनेश लिम्बु र ब्रबिम शेर्माले गीत गाएर कार्यक्रमको अन्त्यसम्म सबैलाई भरपूर मनोरञ्जन दिलाए ।

समाजका अध्यक्ष डम्मर सिङ्गकले पाहुना तथा उपस्थित सम्पूर्णलाई धन्यवाद दिंदै कार्यक्रम समापन गरेका थिए ।

बिहान १० बाट सुरु भएर सांझ ७ बजेसम्म चलेको उक्त कार्यक्रम संस्थाका सचिव जय मादेम्बाले सञ्चालन गरेका थिए । सांगीतिक कार्यक्रम मोडल तथा नायिका सिर्जना निङलेकुले सञ्चालन गरेकी थिइन् । कार्यक्रममा सह-अध्यक्ष श्रीमती सानु सुब्बाले स्वागत मन्तब्य दिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री