गैर आवासीय नेपाली संघ बेलायतको कोषाध्यक्षमा खकुरेलको उम्मेद्धारी

खकुरेल

लण्डन । गैर आवासीय नेपाली संघ बेलायतको आगामी चुनावमा वर्तमान कार्यसमितिका केन्द्रिय सदस्य राजन खकुरेलले कोषाध्यक्ष पदमा उम्मेद्धारी दिने तयारी गरेका छन् ।
बेक्स्ली समाज यूकेद्वारा गत शनिवार साउथ इस्ट लण्डनको वेलिङमा आयोजित बार्षिक भेटघाट कार्यक्रममा खकुरेलले आफ्नो उम्मेद्वारी सार्वजनिक गरेका हुन् । केही साता भित्रै औपचारिक पत्रकार सम्मेलन समेत गर्ने खकुरेलले जनाए ।

बुट्स फार्मेसीमा एसिस्टेण्ट म्यानेजरको रुपमा कार्यरत खकुरेल पेशाले स्वास्थ्यकर्मी हुन् र छोटो समयमै उनले एक सफल युवा ब्यवसायीको समेत परिचय बनाएका छन् ।

सन् २०१० मा बेलायत प्रवेश गरेयता आफ्नो ब्यापार ब्यवसाय बाहेक खकुरेल समाजसेवामा सकृय छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री