मंगलबार, भदौ ३१ २०७६ | Tue, September 17, 2019
नेपालको समय: ०६:२६ | UK Time: 01:41

भूपू गोर्खाकी विधवा हिथ्रोमा अलपत्र परेपछि पुलिसको सहारा

विनेपाली
२०७६ जेठ ३१ गते १०:५२

लण्डन । भूपू गोर्खाकी विधवा हिथ्रोमा अलपत्र परे पछि पुलिसको सहारामा अस्पताल पुरयाइएको छ । ८७ वर्षीया धनसरी बुढामगर (२११३३६३८- स्व मन्जित बुढा मगरकी बिधवा) १० तारिख नेपालबाट आउँदा हिथ्रो विमानस्थलमा अवतरणपश्चात् अलपत्र अनि एक्लै घुमिरहेको अवस्थामा पुलिसले समातेर हिलिङ्गडन अस्पतालमा पुरयाएको बताइएको छ ।

महिला अभियन्ता लारा राईले पुर्ख्यौली घर रोल्पा भई, हाल काठमान्डौ बाँसबारी-३, बुढानिलकण्ठ बसोबास गर्ने ति वृद्धा आमालाई अस्पताल गएर भेटेकी थिइन् । पहाडे खस भाषा समेत शुद्ध नबोल्ने ति वृद्धालाई अंग्रेजी आउने कुरै भएन ।

लारा, ज्ञान तामाङ, भिम तामाङ ति वृद्धाको सहयोगमा लागि रहेका छन् । लाराको सुझाव छ – ‘नेपालदेखि आफ्ना बृद्ध वृद्धा आमा-बुवा वा जो कोहि पनि पठाउँदै हुनुहुन्छ भने कृपया कमसेकम एयरपोर्टमा लिन जाने र बेलायतमा बास, गाँस र आफन्तको पूर्ण विवरणसहित पठाउनुस् । उमेरको ख्याल र बृद्ध आमा-बुवाको इच्छा बुझेर मात्रै पठाउनुस् ।’

लाराले यस खालका मुद्दामा गोर्खा हकहितका लागि लागेका अग्रज अभियन्ताहरुको पहल एवं सक्रियतामा पनि जोड दिएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक