वेलायती महारानीको स्कटल्याण्ड दरबारमा काव्यगोष्ठी

लन्डन । पोएट्री ग्रुप एबर्डीन, नेप्लिज हिमालयन एसोसिएसन र बालमोरल दरबार प्रशासनको संयुक्त आयोजनामा शनिवार एक फरक ढंगको कार्यक्रम सम्पन्न भयो ।

स्कटल्याण्डमा रहेका कवि नवीन क्षेत्री र मुकुल दाहालको संयोजकत्वमा बेलायती महारानी एलिजावेथको स्कटल्यान्डस्थित बालमोरल दरबार परिसरमा कार्यक्रम भएको हो । सो अवसरमा वालमोरल क्यासलका कर्मचारी ग्लिन जोनस र जोजियाले सहभागीहरूलाई एक घन्टासम्म प्रकृतिको मनोरम दृश्यावलोकन गराए । दृश्यावलोकनपछि रानीको दरवार अवलोकन र दरवारमा हुने गतिविधिहरूको जानकारीमूलक वृत्तचित्र पनि देखाइएको थियो ।

महारानी एलिजाबेथले प्रत्येक वर्ष तीन महिना बिताउने दरबारको परिसरमा काब्य गोष्ठी लगायत सांगीतिक कार्यक्रम सम्पन्न भएको थियो । खुला आकासमुनी भएको वहुभाषिक काब्य गोष्ठीमा दरबारका कर्मचारी ग्लिन जोनसले स्कटल्यान्डको स्थानीय गेलिक भाषामा, विशेष अतिथिको रूपमा रहेका पण्डित मधुसुदन भट्टराईले संस्कृतमा, नवीन क्षेत्रीले अंग्रेजीमा साथै मुकुल दाहाल र राज क्षेत्रीले नेपालीमा कविता वाचन गरेका थिए ।

दरबारको सुन्दर परिसरमा फुलेका फूलहरूको उपस्थितिले शब्दहरूमा ओज थपेको थियो । स्थानीय कलाकारहरू टक थापा, नारायणचन्द्र श्रेष्ठ, रेनुका ढकाल, लब सिम्खडा, उद्धव भट्टराई, पुष्कर गौतम, बलराम ढकाल, प्रतिज्ञा राना, चन्द्रा श्रेष्ठ र अनिता भन्डारीले कार्यक्रममा सांगीतिक रौनक थपेका थिए ।

एबर्डिनबाहिर ५० माइलको दुरीमा रहेको दरवारमा सम्पन्न कार्यक्रममा सहभागी हुन उल्लेख्य संख्यामा कवि कलाकारहरू उपस्थित थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री