पत्रकार महासंघ यूकेको अन्तरसंवादमा नेपालबाट पत्रकारहरु आउंदै


लन्डन । नेपाल पत्रकार महासंघ यूके शाखाले अन्तरसंवाद कार्यक्रम गर्ने भएको छ । शाखाले नेपालबाट आएका अग्रज पत्रकारसमेतको उपस्थितिमा ‘नेपाली मिडियामा गैरआवासीय नेपालीहरुको उपस्थिति कसरी प्रभावकारी बनाउने सकिन्छ’ भन्ने विषयमा अन्तरसंवाद गर्न लागेको हो । नेपालबाट आएका पत्रकारको सहभागितामा शाखाले आयोजना गर्ने उक्त कार्यक्रममा बेलायतस्थित अगुवाहरुले प्रवासको विषयबस्तुमा सिधा अन्तरसंवाद गर्नेछन् ।

सो कार्यक्रममा प्रेस काउन्सिलका सदस्य खिलवहादुर भण्डारी, अनलाइन खबर डटकमका समाचार सम्पादक मातृका पौडेल र प्रेस यूनियनका बरिष्ठ उपाध्यक्ष दिपक आचार्य सहभागी हुने निश्चित भएको छ ।

कार्यक्रममा बेलायतस्थित नेपाली समुदायका अगुवाहरुको सहभागिताले प्रबासी नेपालीका राम्रा काम तथा समस्या नेपाली ‘मेन स्ट्रिम’ मिडियामा उठाउने बातावरण बन्ने कार्यक्रम संयोजक श्याम लुइँटेलले जनाए ।

संयोजक लुइँटेलले आउँदो शनिबार, २२ जुन ह्यारो बरो फुटबल क्लबमा आयोजना हुने उक्त अन्तरसंवाद कार्यक्रममा महासंघ यूके शाखाका सल्लाहकार, सभासद्, कार्यसमितिका सदस्यलाई सहभागिताका लागि आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री