पौडेलको स्वागत र विदाई एकै पटक


लन्डन । नेकपा स्थायी समिति सदस्य देवेन्द्र पौडेलले समृद्धिका लागि तीव्र गतिमा काम भैरहेको दावी गरेका छन् । पूर्व एमालेको प्रवासी नेपाली मंच यूके र जनप्रगतिशील नेपाली मंच यूकेले संयुक्त रुपमा पौडेलको स्वागत र विदाई कार्यक्रममा उनले सो दावी गरेका हुन् ।

नेपाली मिडियामा आएजस्तो देशको खराव स्थिति नरहेको पौडेलले जनाए । उनले शिक्षा, स्वास्थ्य, रोजगारीका क्षेत्रमा तीव्र गतिमा काम भैरहेकाले केही बर्षभित्रै जनताले सरकारका कामको प्रशंसा गर्न थाल्ने बताए । प्रवासी नेपालीले ज्ञान र सीपसहित आर्थिक लगानी गर्न नेता पौडेलले सवैलाई आग्रह समेत गरे ।

प्रवासी नेपाली मंच यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले पार्टी एकता कार्य तत्काल टुंग्याउन र कार्यकर्तालाई विकासमा परिचालन गर्ने बातावरण बनाउन नेता पौडेललाई आग्रह गरे । उनले प्रवासी नेपालीले यहाँ सिकेको ज्ञान-सीप नेपाल सरकारलाई हस्तान्तरण गर्न तयार रहेको जानकारी दिए ।

पूर्व माओवादी निकट जन प्रगतीशिल मंच यूकेका अध्यक्ष सुरेश गौतमले झण्डै दुई तिहाईको सरकार कतै नअल्झीकन तीव्र विकासमा अघि बढ्न सुझाब दिए । बेलायतस्थित पूर्व एमाले र माओवादी निकट नेताहरुको उपस्थितिमा सो स्वागत र विदाई कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा उपाध्यक्ष रामजी बराल, सरस्वती केसी, उमेश मोक्तान, बसन्त नेपाललगायतको उपस्थिति थियो ।

नेता पौडेलसँग सामूहिक तस्विर

प्रतिक्रिया

सम्बन्धित सामाग्री