हङकङमा ‘मेजर पेन्सन खाउली’

लण्डन । युकेमा चर्चा बटुलेको चलचित्र ‘मेजर पेन्सन खाउली’ हङकङमा पनि प्रदर्शन भएको छ । आइतबार हङकङको काउलोनस्थित यौमाटाई कम्युनिटी हलमा भएको सो चलचित्र प्रदर्शनबाट विश्वका आठ हजार मिटरभन्दा माथिका १४ वटा हिमाल ७ महिनाभित्र चढ्ने  ‘प्रोजेक्ट पोसिबल’का अभियन्ता निर्मल पुर्जा ‘एमबीइ’ लाई सहयोग जुटाइएको थियो ।

चलचित्र प्रदशर्नका लागि निर्माता चिम्खोले काईला हङकङ पुगेका छन् ।  चलचित्र प्रदर्शन गर्नको लागि पुन मगर समाज हङकङले प्रमुख संयोजकको भूमिका खेलेको थियो भने मोना हङकङ, मोना आइसीसी, एनआरएन हङकङ, मगर संघ हङकङ, मगर रोष्ट गुमष्ठा हङकङ, मगर महिला संघ हङकङ, लांघाली समाज हङकङ, १९८२ ग्लोबल इन्टेक हङकङ, चिम्खोले समाज हङकङ, दोवातानी समाज हङकङ र बेगखोला कल्याणकारी समाज उपशाखा हङकङले उपसंयोजकको भूमिका निभाएका थिए ।

कार्यक्रमको पहिलो चरणमा पुन मगर समाज हङकङले चलचित्र प्रदर्शन गर्न सहयोग गर्ने संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुलाई खादा लगाएर स्वागत गर्‍यो । सो कार्यक्रममा उपस्थित भएका संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुलाई साहित्यकार, पत्रकार तथा समाजसेवी चिम्खोले काईलाले पनि खादा लगाएर सम्मान अनि उनका कृतिहरु उपहार स्वरूप प्रदान गरेका थिए ।

चिम्खोले काईला प्रमुख अतिथि रहेको सो कार्यक्रममा प्रमुख आयोजक संस्था पुन मगर समाज हङकङका अध्यक्ष गोमा पुन, विशेष अतिथिमा गैर आबासीय नेपाली संघ हङकङका अध्यक्ष तथा मोना आइसिसीका वरिष्ठ उपाध्यक्ष टीका पुन गुरुङ, मोना हङकङका अध्यक्ष कर्ण पुन, मगर संघ हङकङका कार्यकारी अध्यक्ष तथा सचिव नन्द राना, मगर महिला संघ हङकङका अध्यक्ष युगकुमारी थापा, लांघाली समाज हङकङका अध्यक्ष हर्क राना, पुन मगर समाजका भूपू अध्यक्ष तथा मोना हङकङका सल्लाहकार राजु पुन, मोना हङकङका भूपू अध्यक्ष तथा मगर संघ हङकङका सल्लाहकार दल शेर्पुजा, मोना हङकङका भूपू अध्यक्ष तथा मगर संघ हङकङका सल्लाहकार इन्द्र थापा, मोना हङकङका वरिष्ठ उपाध्यक्ष प्रमोद गिरी, पुन मगर संघ हङकङका भूपू उपाध्यक्ष तिपेन गर्बुजा, पुन मगर समाजका सचिव जेबिन्द्र पुन, लुम्बिनी मंचका अध्यक्ष गणेश राना, बुटवल हिल पार्कका संयोजक हेमराज थापा, वरिष्ठ संचारकर्मी तथा हङकङ नेपाली डट कमका सम्पादक तुल्सीराज राना, मोना हङकङका सल्लाहकार यम पाइजा, मोना हङकङका सल्लाहकार गिरी शेर्पुजा, दोवातानी समाज हङकङका उपाध्यक्ष इन्द्र पुन, समाजसेवी घान्द्रुके साइला लगायत सयौँको उपस्थिति थियो ।

पहिलो चरणको कार्यक्रमको अध्यक्षता पुन मगर समाज हङकङकी अध्यक्ष गोमा पुनले गरेकी थिइन् भने संस्थाका सहसचिव सुजन पुनले कार्यक्रम संचालन गरेका थिए । चलचित्रको प्रदर्शनको क्रममा प्राबिधिकतर्फ नेपाली चलचित्र एजु भाग दुईका नायक तथा संचारकर्मी इन्द्र पुन र राम पुनले सहयोग गरेका थिए ।

कार्यक्रमको दोस्रो चरणमा चलचित्र प्रदर्शन भएको थियो । दुत पुन, जमुना पुन र गोरे गुरुङले निर्माण गरेको ‘मेजर पेन्सन खाउली’को पटकथा र गीतहरुको शब्द संकलन चिम्खोले काईलाले गरेका छन् भने गोरे गुरुङले निर्देशन । चलचित्रमा मुख्य नायकको भूमिका गोरे गुरुङ र नायिकाको भूमिका रन्जिता गुरुङले निभाएकी छिन् ।

चलचित्र प्रदर्शनपछि प्रतिक्रिया लिने क्रममा दर्शकहरुले चलचित्र राम्रो भए पनि दुत पुन ‘चिम्खोले काईला’ लाई चलचित्रमा कुनै भूमिकामा नदेखिएकोमा गुनासो गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री