एनआरएनए यूके निर्वाचन समिति बनाउने जिम्मा फगामीलाई

फगामी

लन्डन । गैर आवासीय नेपाली संघ बेलायतको आसन्न निर्वाचन प्रयोजनका लागि अध्यक्ष योगकुमार फगामीलाई निर्वाचन समिति गठनको जिम्मा दिइएको छ ।
आइतबार अल्डरसटमा बसेको कार्यसमिति बैठकले विधानका विषयमा टुङगो लागेपछि मात्रै निर्वाचन समिति गठन प्रक्रिया अघि बढाउने गरि फगामीलाई जिम्मा दिएको हो । आगामी १४ सेप्टेम्बरमा २०१९- २०२१ का लागि हुने चुनावको निर्वाचन समिति गठनलाई सबैले चासोका रुपमा हेरेका छन् ।

बैठकले निर्वाचन समितिमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्मा 
रहेका व्यक्तिलाई नराख्ने निर्णय गरेको महासचिव 
राजकुमार त्रिपाठीले बताए ।

निर्वाचनमा समितिमा निस्वार्थ समाज सेवा गरेर र कुनै पक्ष नलिएका मध्येबाट राख्नु पर्ने दवाव अध्यक्ष फगामी माथि पर्दै आएको छ । महासचिव त्रिपाठीले बेलायतस्थित सम्पूर्ण संस्थाहरुको सल्लाह सुझावमा निष्पक्ष निर्वाचन आयोग बनाउन लागिएको जानकारी दिए ।

विधानमा करिब ९० प्रतिशत जनसंख्या भएको ठाउंमा जम्मा दुई जना उपाध्यक्ष र अन्यलाई चार जना कोटा छुट्याउंदा न्याय नहुने भन्दै कार्यसमितिमा मतक्यै रहंदै आएको छ । जसका कारण लम्बिएको विधान विषयलाई आगामी अगस्ट १० गतेको राष्ट्रिय सम्मेलनमा पेश गरि अन्तिम रुप तयार गर्ने योजना कार्यसमितिको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री