शनिबार, साउन ४ २०७६ | Sat, July 20, 2019
नेपालको समय: १३:४० | UK Time: 08:55

क्रोयडन मेलामा नेपालीलाई ‘अप्रोच’

विनेपाली
२०७६ असार २१ गते २३:२८

कम्युनिटीको नेपाली नयां वर्ष- ७५ कार्यक्रमको एक झलक

लन्डन । क्रोयडन काउन्सिलले आउंदो १४ जुलाइमा गर्न लागेको क्रोयडन मेलामा नेपाली समुदायले समेत सहभागिता जनाउने पक्का भएको छ । वान्डल पार्कमा हुने उक्त वृहत मेलामा क्रोयडन नेपलिज कम्युनिटी यूकेले ‘नेपाल भ्रमण वर्ष- २०२०’ को प्रचारप्रसार गर्न ठाउं, एउटा फुड स्टल र मेन स्टेजमा ५ मिनेटको नेपाली गीतसहित मौलिक नाचको अवसर पाएको हो । मेलामा विभिन्न समुदायका करिब १० हजार जनाको सहभागिता रहने अपेक्षा छ ।

कम्युनिटीका संस्थापक अध्यक्ष ध्रुवहरि बांस्कोटा र सदस्य डा. सुरजमणि पौडेलको विशेष पहलमा उक्त अवसर जुरेको कम्युनिटीका वर्तमान अध्यक्ष नवीनकुमार कार्कीले जानकारी दिए । अध्यक्ष कार्कीले मेलामा नेपाल सम्बन्धि कार्यक्रम अझ प्रभावकारी बनाउन अपिल गर्दै उत्साहजनक सहभागिताका लागि सबैमा अनुरोध गरेका छन् ।

सन् २०११ मा स्थापित क्रोयडन नेपलिज कम्युनिटी यूकेले मनोरन्जन कार्यक्रममात्र नगरि परदेश रहेर पनि नेपालको नाम उच्च गराउने विभिन्न गतिविधि गर्नुका साथै नेपालमा आपतविपतमा सहयोग समेत गर्दै आएको छ । संस्थाले विशेष गरि परोपकारी कार्यमा आफ्नो क्रियाशिलता तीव्र पारेको अध्यक्ष कार्कीले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक