क्याट यूकेमा समाजसेवी जीवन सेन निर्वाचित

अध्यक्ष सेन

लन्डन । चितवन एड ट्रस्ट यूके (क्याट) यूकेको अध्यक्षमा समाजसेवी जीवन सेन निर्वाचित भएका छन् ।

साउथइस्ट लन्डनमा आइतवार भएको निर्वाचनमा प्रतिस्पर्धी यादव श्रेष्ठलाई पराजित गर्दै सेन अध्यक्षमा निर्वाचित भएका हुन् ।

दुवैजना अघिल्लो कार्यसमितिमा उपाध्यक्ष थिए । दुवै उम्मेदवारबीच सहमतिका विभिन्न प्रयास भएपनि सफल नभएपछि चुनाव भएको थियो । अध्यक्ष सेनको नेतृत्वमा गठित कार्यसमितिका उपाध्यक्षहरुमा पार्वती पाण्डे न्यौपाने, राम भट्टराई र शालिक सापकोटा विजयी भए ।

महासचिवमा टिएन रिजाल निर्वाचित भए भने अन्य पदमा सर्वसम्मत भएका छन् । नयाँ कार्यसमितिको कार्यकाल २ वर्ष रहनेछ । बेलायतमा बस्ने चितवनवासीहरुको साझा संस्थाका रुपमा क्रियाशील क्याट यूकेले नेपालमा विभिन्न परोपकारी काम गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री