शनिबार, मंसिर २१ २०७६ | Sat, December 07, 2019
नेपालको समय: १८:०२ | UK Time: 12:17

प्रधानमन्त्री टेरेजा मेले १० दिनमा डाउनिङ स्ट्रिट छाड्ने

विनेपाली
२०७६ असार २८ गते ९:१२

लन्डन । बेलायती प्रधानमन्त्री टेरेजा मेले २४ जुलाइमा प्रधानमन्त्री मन्त्री कार्यालय ‘टेन डाउनिङ स्ट्रिट’ छाड्ने भएकी छन् । सत्तारुढ कन्जरभेटिभ पार्टीको नयां नेता २३ जुलाइमा घोषणा भएको भोलिपल्ट मेले प्रधानमन्त्री कार्यालय छाड्ने भएकी हुन् । जेरेमी हन्ट र बोरिस जोन्सनमध्ये एकजना पार्टी नेता र प्रधानमन्त्री हुनेछन् ।

प्रधानमन्त्रीका रुपमा बीबीसीलाई दिएको अन्तिम अन्तर्वार्तामा मेले पद छाड्ने बेला गर्व र निरासा दुवै भएको बताइन् । आफ्नो कार्यकालको एउटा प्रमुख मुद्दा ‘ब्रेक्जिट’ पार नलागेकामा आफू विक्षिप्त भएको बताउंदै उनले चाहे भन्दा छिटो पद त्याग्नुपर्ने अवस्था आएपनि आफू त्यो पदका लागि सही व्यक्ति भएको र आफूले गरेको काममा ज्यादै गर्व लाग्ने बताएकी छन् ।

२९ मार्चको समयसीमाभित्र ब्रेक्जिट टुंगो लगाउन नसकेपछि मेलाई आफ्नै पार्टीका सांसदहरुले राजिनामा दिन दवाव दिएका थिए । उनको ब्रेक्जिट प्रस्ताव संसदमा तीनपटक विफल भएको थियो ।

मध्यावधि निर्वाचन आव्हान गरेकामा पछुतो नभएको पनि उनले बताएकी छन् जुन निर्वाचनमा कन्जरभेटिभले संसदमा वहुमत गुमाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक