लण्डनका बसमा नेपाल प्रवर्धन

लण्डन । नेपाली दूतावास लण्डन र नेपाल पर्यटन बोर्डले संयुक्तरूपमा लण्डनका बसहरूमा नेपाल सम्बन्धी प्रवर्धनात्मक सामग्रीको विज्ञापन गरेका छन् ।

लण्डनको केन्द्रीय भाग भएर संचालन हुने १८ रूटका करिब ५० बसहरूमा नेपाल घुम्न आउन आह्वान गरी विज्ञापन गरिएको दूतावासले जनाएको छ । ति रुटमा पर्यटकका लागि मुख्य आकर्षण ठानिने पार्लियामेन्ट स्क्वायर, वेष्ट मिनिस्टर, ट्राफलगर स्क्वायर, केन्जिंटन हाइ स्ट्रिट, अक्सफोर्ड स्ट्रिट, सेन्ट पल्स लगायत छन् ।

‘नेपाल लाइफ टाइम एक्सपिरिएन्सेस’ लेखिएका ती प्रचारहरू १६ जुलाईबाट शुरू भइ दुई सातासम्म रहने बताइएको छ ।

बस नम्बरहरू ३, ८,९, ११, १२, १५, १६,२१,२४,२७,३८,४८, ५५,५९,६८, ७३, ७६, ८७, ८८,९१,१३७,१४८,१४९, १५९,१६८, १८९,२११,२५३,२५४,२६७ र ३९० मा ती सामग्री देख्न पाइनेछ ।

करिब ४५ लाख मानिसहरूसमक्ष सो सन्देश पुग्ने विश्वास दूतावासले लिएको छ । सो विज्ञापनको लागत भने बताइएको छैन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री