व्यवसायी खड्का एनआरएनए यूके उपाध्यक्षको बलियो 
प्रत्यासी

व्यवसायी तथा समाजसेवी सुनिल खड्का

लन्डन । एनआरएनए यूके निर्वाचन संघारमा छ । सेप्टेम्बर १४ मा नयां कार्यसमितिका लागि निर्वाचन तय भइसकेको छ भने यतिखेर सदस्यता नवीकरण र नयां बन्न खुबै चटारो छ । अध्यक्ष, उपाध्यक्ष, महासचिव र सचिव जस्ता पदमा उम्मेदवारी घोषणा गर्ने क्रमले पनि गति लिएको छ ।

यही सिलसिलामा वकिंग निवासी एक जना सफल व्यवसायी तथा समाजसेवी सुनिल खड्काले उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेका छन् । बेलायतको नेपाली डायस्पोरामा स्वच्छ छवि बनाएका शालिन, मनका धनी, कम बोल्ने तर छायांमा रहेर काम गरिरहने प्रवृत्तिका खड्का बलियो प्रत्यासी मानिएका छन् ।

विगत १८ वर्षदेखि बेलायत बस्दै आएका चितवनका खड्का एनआरएनए अभियानमा लामो समयदेखि आवद्ध छन् । ‘मेरो विभिन्न संघसंस्थामा आवद्धताको अनुभव, श्रोत साधन, परिवार र समयले साथ दिएकाले पनि यसपटक मैले उपाध्यक्षमा उम्मेदवारी दिने सोच बनाएं’- मिडियामा 
छाइरहन उत्ति नरुचाउने खड्काले भने, ‘एजेण्डाका बुंदाहरु थुपारेरमात्र भन्दा पनि अध्यक्षको योजनामा मेरो पूर्ण साथ रहनेछ । यत्ति भन्न सक्छु कि मैले आफ्नो पदमा रहेर न्यायोचित कार्यसम्पादन गर्नेछु ।’

वकिंग नजिक वेष्ट बाइफ्लीटमा विगत एक दशक देखि ‘न्यू हवेली’ रेष्टुरेन्ट सञ्चालन गर्दै आएका खड्काले कर्मथलो र मातृभूमिका लागि गरेका निस्वार्थ सहयोगको ‘लिस्ट’ लामै छ । ‘मैले आफ्नो व्यवसायको केही हिस्सा समाजसेवामा लगाउंदै आएको छु’- उनले सुनाए, ‘भर्खर बेलायत छिर्दाताकाको संघर्षपूर्ण जीवन, उतारचढाव भोग्दै पछिल्लो व्यवसायिक सफलताले मलाई केही दिनसक्ने विन्दुमा 
पुरयाएको छ । म एनआरएनए नेतृत्वमार्फत समाजसेवालाई अझ तीव्रता दिन चाहन्छु ।’

खड्काले मतदाताको अमुल्य मत खेर जान नदिने बताउंदै आफूलाई जिताइदिन अपिल समेत गरेका छन् ।

एनआरएनए यूके सल्लाहकार एवं परोपकार समितिको सदस्य सचिव, ब्रिटेन नेपाल च्याम्बर अफ कमर्सका सदस्य, चितवन एड ट्रष्ट (क्याट) यूकेका पूर्व उपाध्यक्ष 
एवं सल्लाहकार खड्काका लागि दान र कल्याणकारी कार्य ‘पर्याय’ बनिसकेका छन् । कसैलाई आपतविपत पर्दा उनको मन पग्लिहाल्छ । चर्चाका लागि उनी सहयोग गर्दैनन्, बरु सांच्चिकै आपत परेको मानिसलाई हात फैलाउन उनी पछि हट्दैनन् ।

बेलायतमा हुने च्यारिटीमा नियमित जसो संलग्नता र सहयोगमा उनले कमी हुन दिएका छैनन् । नेपाल जांदा हरेक पटक धेरथोर चन्दा दिएर फर्कन्छन् उनी । केही महिना अघि होलिडेमा गएका बेला पनि उनले च्यारिटीलाई प्राथमिकता दिए । ‘नेपाल पर्यटन वर्ष २०२०’ को प्रवर्धनसहित एकजना बेलायतीलाई नेपाल घुमाउन संगै लगेका खड्काले नेपालमा मानसिक रोगीहरुका लागि कार्यरत संस्था मानवसेवा आश्रमलाई साढे तीन लाख रुपैयां प्रदान गरे । गत वर्ष उनले चितवनको आइ बैंकलाई एक लाख ११ हजार एकसय ११ रुपैयां प्रदान गरेका थिए ।

उनले करिब दुई महिनाअघि अल्डरसटस्थित शिव कल्चरल सेन्टरलाई शिव मन्दिर स्थापनार्थ एकहजार एक पाउण्ड दिए । सन् २०१७ नोभेम्बर दोश्रो साता परफर्ड वेष्ट बाइ फ्लीटमा अवस्थित परफर्ड चर्च अफ इंग्ल्याण्ड 
प्राइमरी स्कुललाई एकहजार १७ पाउण्ड आर्थिक सहयोग गरेका थिए । मोटामोटी हिसाव गर्दा पनि हालसम्म झण्डै दश लाख रुपैयां सहयोग गरिसकेका छन् उनले ।

हालैमात्र ‘रिलोकेट’ गरि सञ्चालनमा ल्याइएको खड्काको ‘न्यू हवेली रेष्टुरेन्ट’ सो क्षेत्रमा व्यस्त फाइन डाइन रेष्टुरेन्ट मध्ये पर्छ । उनको प्रोपर्टी विजनेश समेत छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री