लन्डनमा भ्यानले ठक्कर दिंदा गम्भीर घाइते पण्डित अझै अचेत

Dadhiram Kafle

काफ्लेको फाइल तस्विर, तस्विर- टिका अधिकारी

लन्डन । लन्डन उलवीचमा रोयल मेलको भ्यानले ठक्कर दिंदा टाउकामा चोट लागी गम्भीर घाइते ६४ वर्षीय पण्डित दधिराम काफ्लेको होस अझै खुलेको छैन् ।

रोयल लन्डन हस्टिपल, हवाइट च्यापलको आइसीयूमा उपचाररत काफ्लेको अवस्था गम्भीर रहेको चिकित्सकले बताएका छन् । ‘कुनै मिराकल भए उहांमा सुधार आउला नत्र आस कम छ’, दिनभर अस्पतालमा रहेका लन्डन प्लमस्टिडस्थित पशुपति नाथ मन्दिर सञ्चालक समितिका अध्यक्ष नरेन्द्र कंडेलले चिकित्सकको भनाइ उधृत गर्दै भने । उच्च रक्तश्रावले काफ्ले अचेत छन् । टाउको क्षतविक्षत छ ।

बिहीबार बिहान करिब पौने आठ बजे उलवीच 
आर्सनल स्टेशन अगाडि बसबाट ओर्लेर अर्को बस चढ्न बाटो काट्दा काफ्लेलाई भ्यानले ठक्कर दिएको थियो । ७. ४१ बजे लन्डन एम्बुलेन्स सर्भिसलाई कल गरेपछि तुरुन्त दुईवटा एम्बुलेन्स आइपुगेका थिए । प्राथमिक उपचारपछि उनलाई तत्काल एयर एम्बुलेन्सबाट इष्ट लन्डन अस्पताल लगिएको थियो ।

ट्रष्टी समेत रहेका काफ्लेले मन्दिरमा ६ महिना निशुल्क सेवा गर्छु भनेर पुजारीको काम थालेका थिए । 
’गुरु आएर प्रत्येक दिन बिहान ८ बजे मन्दिरको ढोका खोल्नुहुन्थ्यो । आज आउन ढिला भएपछि मैले फोन गरें, उठेन । पछि थाहा भयो दुर्घटनामा परेर उहांलाई अस्पताल लगिसकिएको रहेछ’, कंडेलले भने । त्यतिबेला मन्दिर समितिको बैठक पनि चल्दै थियो ।

गुल्मी स्थायी घर भएका काफ्ले लन्डनका सफल व्यवसायी महेन्द्र कंडेलका ससुरा हुन् । केही वर्षअघि काफ्लेकी धर्मपत्नि अष्ट्रेलियाबाट लन्डन आउनेक्रममा जहाजमै हृदयघात भएर बितेपछि उनले अर्की बिहे गरेका थिए । उनको कान्छी श्रीमतिबाट एक छोरा छन् । ‘श्रीमतिलाई लन्डन ल्याउने तयारी गरिरहनु भएको थियो, अकस्मात दुःखद घट्ना आइपर्दा परिवार विक्षिप्त छ’, कंडेलले भने ।

लामो समय हङकङमा बसेर धेरैलाई ‘सेटल्ड’ गराएका काफ्लेको उलवीचमा घर छ । केही समय नेपाल बस्ने भनेर फर्किएपनि उनी पछि श्रीमति र छोरा लन्डन ल्याएर यतै बसोवास गर्ने योजनामा रहेको परिवारजनले बताएका छन् । बेलायतको नेपाली समुदायले 
काफ्लेको शीघ्र स्वास्थलाभको कामना गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री