एनआरएनए यूकेको नयाँ नेतृत्व: बजार हल्ला एकातिर, तथ्य अर्कै

लन्डन । गैरआवासीय नेपाली संघ बेलायतमा नयाँ नेतृत्व आउन पाँच साता वाँकी रहँदा आ-आफ्नो पक्षमा जनमत जुटाउन अध्यक्षका दावेदार लागेका छन् । एनआरएनए यूकेका उपाध्यक्ष शेर सुनार र अर्की उपाध्यक्ष पुनम गुरुङसहित अध्यक्षका दावेदारहरु चुनावी मैदानमा छन् । उपाध्यक्षहरु प्रेम गाहामगर, सुशिला राई र ललित न्यौपानेले पनि मैदान छाडेका छैनन् ।

उपाध्यक्ष गुरुङ आँफैले संकलन गरेर सात हजार सदस्य बुझाएको बजार हल्ला मान्ने हो भने निर्वाचन नै नगरि अध्यक्षमा गुरुङलाई टिका लगाइदिए हुन्छ । तर, बजार हल्ला छाडेर यथार्थको धरातलमा उभिने हो भने सदस्यता संख्याका आधार फरक देखिन्छ । एनआरएनए यूकेको कानूनले एक जनाले एक सय भन्दा बढी पंजीकृत सदस्यका लागि आवेदन फारम बुझाउन पाउने छैन् । यद्यपि, हामीले एनआरएनए यूकेको निर्वाचनका पक्ष वा विपक्षमा नलागी यथार्थ केलाउने प्रयास गरेका हौं ।

उपाध्यक्ष पुनम गुरुङले ७ हजार पंजिकृत सदस्यता फारम बुझाइन् भनेर बेलायतस्थित एक अनलाइनले ‘हावादारी’ खवर छाप्यो । कतिले पत्याए वा पत्याएनन् हामी त्यता जान चाहंदैनौँ । सरसर्ती हेर्दा अध्यक्ष प्रत्यासी गुरुङले करिब ४ हजार पंजीकृत सदस्य फाराम बुझाएको देखिन्छ । त्यसवाहेक उनले अनौपचारिक रुपमा आफ्नो प्यानलमा महासचिव पदमा अघि सारिएका फडिन्द्र भट्टराईले १ हजार र वाँकी मिडल्याण्डका मत जोडेर ७ हजार दावी गरेको देखिन्छ । गुरुङका ४ हजार, भट्टराईका १ हजार र मिडल्याण्डका करिब २ हजार जोडेर ७ हजार संख्या दावी गरेको आकलन गर्न असहज छैन ।

तथ्य केलाउने हो भने बजारमा हल्ला चलाए जस्तो ७ हजार सदस्यता गुरुङ एक्लैले बुझाएको देखिदैन् । एकतिर कानूनत प्यानल घोषणा गर्न मिल्दैन । अर्को, गुरुङ र भट्टराईले प्यानल तय गरे जस्तै मतदाताले मत दिन्छन् कि दिदैँनन् त्यो थाहा पाउन निर्वाचन कुर्नै पर्छ । गत निर्वाचनको मतपरिणाम हेर्ने हो एनआरएनए यूके अध्यक्षमा पराजित कृष्ण तिमल्सेनालाई जस्तो मिडल्याण्डबाट एकै व्यक्तिलाई भोट जाने देखिदैन । यसपटक आइसीसी सदस्यदेखि एनसीसी सदस्यसम्म मिडल्याण्डवासीले सामूहिक उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्षका दावेदार सुनार र गुरुङमध्ये को कसको प्यालनमा लाग्छन् त्यो मिडल्याण्डकै स्वार्थमा भरपर्छ ।

पदीय जिम्मेवारी पुरा गर्नेमा अध्यक्षका दावेदार तथा १० हजार पंजिकृत सदस्यता अभियानका संयोजक सुनार परेका छन् । एनआरएनए यूकेको सदस्य संख्या १० हजार पुर्याउने योजना बर्तमान अध्यक्ष योगकुमार फगामीले ल्याएका थिए । जसको जिम्मेवार सुनारले पाए । हाल एनआरएनए यूकेको पंजिकृत सदस्य संख्या १३ हजार ८ सय ९० पुगेको छ । विश्भर ८० मुलुकमा रहेको एनआरएनए मध्ये बेलायत ठूलो हुनु सवैका लागि गर्वको कुरा हो ।

अध्यक्षमै दावी गरेका सुनारले पनि ४ हजारकै हाराहारीमा पंजिकृत सदस्यको फाराम बुझाएको देखिन्छ । उनले पनि अर्का अध्यक्षका आकांक्षी प्रेम गाहामगरले दावी गरेका करिब १ हजार ५ सय तथा मिडल्याण्डका १ हजार ५ सय मत जोडेर सात हजार पुगेको दावी गरेका छन् । सुनारको अपेक्षालाई हेर्दा दुईवटा प्रश्न जन्मिन्छ । एउटा गाहामगरले सहयोग गर्छन् कि गदैनन् ? अर्काे मिडल्याण्डवासी कुन प्यानलमा लाग्छन् । यसले सुनारको भाग्यको फैसला गर्छ ।

अर्का अध्यक्षका प्रत्यासी गाहामगरसँग प्राय युवा मतदाता छन् । गाहामगले आफ्नो क्यापेनिङ अफिसबाट ३ हजार ५ सय भन्दा बढि सदस्यता आवेदन पठाइएको र त्यसै गरि युवाहरूमार्फत ९ सय, केन्ट अफिसबाट ४ सय भन्दा बढी सदस्यता बुझाइएको दावी गरेका छन् । उनले यूवालाई एनआरएनए यूकेमा सदस्यता लिन प्रोत्साहित गर्ने काम गरेका छन् । गुल्मी जिल्ला घर भएका गाहामगरले मिडल्याण्डमा आफ्नो विशेष क्षेत्र भएको दावी गर्दै आएका छन् । उनको भनाई साँचो मान्ने हो भने अध्यक्ष प्रत्यासी गुरुङको दावी मेल खाँदैन ।

अर्की अध्यक्ष प्रत्यासी राई १ हजार जति पंजिकृत सदस्य लिएर मैदानमा ओर्लिएकी छिन् । राई अन्तिम दिनसम्म मैदानमा रहन्छिन् कि कसैलाई समर्थन गरेर अरु कुनै पदमा जान्छिन्, त्यो हेर्न उम्मेदवारी दर्तासम्म पर्खनै पर्छ । अर्का दावेदार न्यौपाने सबै भन्दा थोरै सदस्यता बनाउनेमा पर्छन् । जसका कारण उनको बजार हल्ला कम हुदै गएको महशुस सबैले गरेका छन् । सबै उम्मेदवारको दावी हेर्दा १३ हजार ८ सय ९० संख्या भन्दा बढी देखिन्छ ।

अध्यक्षका प्रत्यासी प्रेम गाहामगरले समाचारमा ब्यक्त तथ्याँकप्रति असहमति जनाउंदै तलको भिडियोमार्फत आफ्नो धारणा राखेका छन् । हेरौं उनी के भन्छन् –

प्रतिक्रिया

सम्बन्धित सामाग्री