रमेश बांस्तोलाले आइसिसी सदस्यमा उम्मेदवारी दिने

लण्डन । आसन्न गैर-आवासीय नेपाली संघ बेलायतको निर्वाचनमा बेलायतबाट प्रतिनिधित्व गर्ने आइसिसी सदस्यमा रमेश बांस्तोलाले उम्मेदवारी दिने भएका छन् ।

पोखराका बाँस्तोलाले नेपाली नागरिकताको निरन्तरता, गैर-आवासीय नेपाली संघलाई समाजमा अझ घुलमिल गराउने, ब्रिटिश गोर्खा सैनिकहरुको मागहरुलाई सही ठाउँमा पुर्याउन र युवा तथा महिलाहरुको माझ आकर्षण बढाउन आफूले उम्मेदवारी दिन लागेको बताए ।

बाँस्तोलाले त्रिभुवन विश्वविध्यालयबाट समाजशास्त्रमा स्नातकोत्तरसम्म अध्ययन गरेका छन् । उनी पोखरा कलेज अफ टेक्नोलोजीको संस्थापक पनि हुन् । १७ वर्षदेखि बेलायतमा सपरिवार बसोबास गर्दै आएका बाँस्तोला ग्रेटर रेडिङ नेपाली कम्युनिटी, सहारा युके, पोखरेली मंच युके, यति एसोसिएसन युके लगायत विभिन्न संघसंस्थामा रही सामाजिक कार्य गर्दै आएका छन् ।

हरेक गैर आवासीय नेपालीका अधिकार सुरक्षित राख्न र सुरक्षित लगानीको वातावरण निर्माण गर्न पहल गर्दै देशभित्र लगानी भित्राउने उद्देश्यका साथ आफूले उमेद्वारी दिने निर्णय गरेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री