शेर सुनारका पक्षमा नयां समिकरण, तीन अध्यक्ष 
प्रत्यासीले दिए साथ

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको आसन्न निर्वाचनका लागि नयां घट्नाक्रम विकसित भएका छन् । पुनम गुरुङ र मिडल्याण्डले सहमति गरेको भोलिपल्ट अध्यक्षका प्रत्यासी मध्येका अग्रज शेरबहादुर सुनारलाई मंगलबार सांझ अध्यक्षमै उम्मेदवारी घोषणा गरेका प्रेम गाहामगर, सुशीला राई र ललित न्यौपानेले सामूहिक समर्थन गर्ने घोषणा गरेका छन् । अब सुनार पुनमबीच कडा 
प्रतिष्पर्धा हुने ठानिएको छ ।

विशेषगरी, युवाहरुका रोलमोडल र मगर समुदायलाई 
आफ्नो पक्षमा राख्न सफल भनिने गाहामगर, राई र न्यौपानेले अध्यक्षका उम्मेदवार सुनारलाई समर्थन गरेपछि उनी जितको नजिक पुगेको दावी उनका समर्थकले गरेका छन् । गत राती मिडल्याण्डवासीका तर्फबाट केही उम्मेदवार र अध्यक्षकै प्रत्यासी पुनम गुरुङवीच ‘डिल’ भएको समाचार सार्वजनिक भएको २४ घण्टा पनि नपुग्दै चार उम्मेदवारहरु एक भएका छन् ।

तीन अध्यक्षका 
प्रत्यासीको समर्थनपछि एनआरएनए यूके अभियन्ताका रुपमा काम गरेका पूर्व गोर्खा सुनारलाई धेरैले भावी अध्यक्षका रुपमा हेर्न थालेका छन् । शालिन व्यक्तिका रुपमा समाजमा परिचित सुनार यूकेस्थित सबै समुदायमाझ लोकप्रिय मानिन्छन् ।

यही १४ सेप्टेम्बरमा हुने निर्वाचनका लागि आइतबार उम्मेदवार मनोनयन तय भइसकेको छ । यो सहमतिपछि अध्यक्षका लागि शेर सुनार र पुनम गुरुङ मात्रै मैदानमा रहनेछन् । दुबै प्रत्यासीले आफ्नो पक्षमा ७ हजार बढि मतदाता रहेको जिकिर गर्दै आएका छन् ।

तस्विरहरु- पूर्ण गुरुङ

प्रतिक्रिया

सम्बन्धित सामाग्री