एनआरएनए यूकेका पन्जिकृत सदस्यहरुको टुंगो

लन्डन । एनआरएनए यूकेका पन्जिकृत सदस्यहरुको टुंगो लागेको छ । निर्वाचन समितिले २०१९-२१ का लागि कुल १३ हजार ६२९ पन्जिकृत सदस्यहरु स्वीकृत भएका जनाएको छ । अब यो संसारका ८० शाखामध्ये सबैभन्दा धेरै सदस्य भएको समिति बनेको छ ।  

एनआरएनए यूकेको सदस्यताका लागि १३ हजार ८ सय ९० जनाले आवेदन दिएकामा आवश्यक कागजात, तस्विर, शुल्क लगायत प्रक्रिया नपुगेका ५ सय ३८ सदस्यता स्वीकृत गरिएको थिएन ।

रित नपुगेका सदस्यहरुलाई आवश्यक कागजात बुझाउन समय थपिएपछि केही संख्या बढेका हुन् । २१४ आवेदन अस्वीकृत भएका छन् भने ४७ वटा ‘डुप्लिकेट’ पाइएको छ ।  

निर्वाचन समितिका अनुसार सेप्टेम्बर १४ मा हुने एनआरएनए यूके निर्वाचनका लागि यही आइतवार उम्मेदवारी दर्ताको तालिका छ ।

अन्तिम मतदाता नामावली www.nrnauk.org मा हेर्नु होला-

प्रतिक्रिया

सम्बन्धित सामाग्री