प्रवासी नेपालीलाई नागरिकता दिन गृहकार्य सुरु-सांसद भट्टराई

लन्डन । नेपाल कम्यूनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सांसद विशाल भट्टराईले गैरआवासीय नेपालीलाई नागरिकताको दिन गृहकार्य सुरु भैसकेको बताएका छन् ।

प्रवासी नेपाली एकता मंच यूकेले बेलायत भ्रमणमा रहेका नेकपाका केन्द्रीय सदस्य तथा सांसद विशाल भट्टराईसँग शुक्रबार गरेको अन्तरक्रियामा उनले सो जानकारी दिएका हुन् । सांसद भट्टराईले नेपाली जहाँ गएपनि नेपाली भएकाले नागरिकता पाउने कुरामा ढुक्क हुन आग्रह गरे ।

उनले प्रवासी नेपालीले यहाँ आर्जन गरेका ज्ञान सीप लगानी नेपालमा ल्याउन अनुरोध समेत गरे । नेपाल परिवर्तन गर्न विद्यार्थी आन्दोलनका होमिएका समकालीन साथीहरुलाई बेलायतमा देख्दा विगत स्मरण भएको भन्दै भट्टराई भावुक पनि बने ।

प्रवासी नेपाली एकता मंच यूकेका नेता राजेन्द्र पुडासैनीको अध्यक्षतामा भएको अन्तरक्रियामा प्रवासी नेपाली एकता मंच यूकेका अर्का नेता सुरेश गौतमले स्वागत मन्तव्य व्यक्त गरेका थिए । 

अन्तरक्रियामा नेपाल कम्यूनिस्ट पार्टी निकट प्रवासी नेपाली एकता मंच यूकेका नेता तथा कार्यकर्ताको उपस्थिति थियो । नेकपाका पारुहाङ राई र देवान राईसहित बेलायत आएका भट्टराई शनिवार स्वदेश फर्कर्दै छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री