बिहीबार, कार्तिक २८ २०७६ | Thu, November 14, 2019
नेपालको समय: १२:३६ | UK Time: 06:51

ओशो जसले मेरो आंखा खोलिदिनु भो

अजिता सिम्खडा
२०७६ भदौ ७ गते २२:५३

आत्माको अध्ययन नै अध्यात्म हो । जीवनको सर्वोपरी आनन्द केवल अध्यात्मबाट सम्भव छ । हामी जति आफूबाट टाढा जान्छौं त्यति नै आनन्दबाट बन्चित हुन्छौं । अध्यात्मले आफ्नो अध्ययन अर्थात् स्वध्ययन सिकाउंछ । स्वार्थ अर्थात् स्व अर्थ । हामीले आफूले आफूलाई जानेका छैनौं भने अरुलाई कसरी जानेको ठान्छौं ? आजको यो सांझ यसै जीवनको अभिन्न अर्थात परिपुरक अध्यात्मक र जीवनको सन्दर्भमा केही अक्षररुपी अभिव्यक्ति पस्कने जमर्को गरेकी छु ।

म सानै देखि धार्मिक पृष्ठभूमिमा हुर्की बढेकी कारणले धर्म सम्बधि ठूलो प्रभाव थियो । त्यो भन्दा मिठास त मसंग दया र करुणा भाव 
सारहै प्रवल थियो र मलाई हाम्रो परम्पराबाट नमिठो कुपरम्परा मन पर्दैनथ्यो जस्तो छुवाछुत र जातिय भेद । त्यसैले धर्म प्रति एदाकदा तिक्तता आउंथ्यो । राम गीता, भागवत गीता, स्वस्थानी पाठ म करिब चार कक्षा पढ्ने भए देखि नै पर्यायवाची जस्तै थियो । त्यो भित्र रहेका कति असहज तथ्यहरु केवल प्रश्न बनेर रहे जुन बिस्तारै बुझ्दै छु ।

सायद मेरो प्रारब्ध जीवनका धेरै अप्ठ्यारा मार्ग छिचोल्दै आज जीवनको सहि अर्थ र जीवन एवं जगत बुझ्ने र जाग्ने अकल्पनीय इश्वरको अनुकम्पा मिल्यो । जुन म आफूलाई 
सारहै भाग्यशाली ठान्छु । राम गीतामा श्रीरामले आफ्ना भक्त लक्ष्मणलाई ज्ञान दिनु भएको छ । यो संसाररुपी गम्भीर समुद्र सहजै कुन पाठले तर्दछु भन्ने प्रश्नमा श्रीराम भन्नु हुन्छ, गुरु 
चरणमा पर, गुरुबाट आत्मा ज्ञान मिल्छ । गुरुको निरन्तर सेवा गर, केवल ब्रम्ह ज्ञान प्राप्त गुरुले मात्र यो संसाररुपी गम्भीर समुद्र तार्न सक्नु हुन्छ ।

सायद मलाई परमात्माको दिव्यदृष्टि मिलेर नै होला परम गुरु ओशोसंग र उहांको दिब्य ज्ञान, अटुट करुणा, प्रेम, मोहबाट आज छुटकारा मिलेको महशुस गरेकी छु । अटुट शान्ति, परम आनन्द, निस्वार्थ प्रेम, करुणाको परम उदय भएको अनुभव गरि रहेकी छु । उहां भन्नु हुन्छ आस्तिक हुनु इश्वर छ भन्ने विश्वास गर्नु हो । खोजी गर्नु नै सत्य आस्तिक हो जुन ध्यानबाट अनुभूत गर्न सकिन्छ । हामी माझ यस्तो गुरु हुनहुन्छ जसले पश्चिमी ‘फिलोसोफी’ र पूर्वीय दर्शनलाई मिलाउने कार्य गर्नु भएको छ । हामीले सबैको अस्तित्व स्वीकार्न सक्नु पर्छ जुन ओशोले निडर प्रयास गर्नु भयो ।

अजिता सिम्खडा

आठ नौ वर्ष अघि ओशो ध्यान शिविरमा जाने एक सौभाग्य पाएकी थिएं तर निरन्तरता दिन सकिन । सायद मेरो
शुभ साइत आएको थिएन होला । तर, करिव ३ वर्ष अघि पुन ओशोसंग अर्थात ओशोको विशाल सागरमा मिल्ने सौभाग्य मिल्यो र सन्यास पनि लिएं । उहांले बांड्नु भएको ज्ञान र ध्यान एकै साथ अगाडि बढाउंदै छु जसले ममा परिवर्तन पाएं । त्यो शब्दहरुमा उतार्न त्यति सजिलो अवश्य छैन र पनि ध्यानको महत्व सबै सामु राख्न चाहन्छु ।

मेरो लागि ओशो एकद्वार बन्नुभयो । उहांबाट नै यस ब्रम्हाण्डमा अवतरण हुनु भएका हरेक मास्टरको बारेमा जान्ने मौका मिल्यो । जब उहां बुद्धको बारेमा बोल्नु हुन्छ लाग्छ बुद्ध नै उहां हुनुहुन्छ । जब मीराको बारेमा बोल्नु हुन्छ लाग्छ उहां नै मीरा हुनहुन्छ । जब कवीर दासजीका बारेमा बोल्नु हुन्छ लाग्छ उहां नै कवीर हो । पश्चिमी दार्शनिक, पूर्वीय ऋषिहरु, कृष्ण, 
जिसस, मोहम्मद हरेकको बारेमा अमुल्य ज्ञान दिनुभएको छ जुन म जस्तो सत्यको खोजी 
गर्नेलाई एकद्वार बनिदिनु भएको छ । मेरो यो जीवन यात्रा अनि आध्यात्मिक यात्रा उहांको 
परम देन हो ।

जब यो यात्रा शुरु गरें, अस्तित्वले पनि त्यही तवरले स्वीकार्नु हुंदोरहेछ । सत्संग बढ्दै जांदो 
रहेछ, त्यही सिलसिलाबाट लण्डनमा अद्वैत वेदान्तको ठूलो वहस, चर्चा हुंदो रहेछ भन्ने थाहा पाउने मौका पाएं, भाग लिने मौका पाएं । आज आएर म बुझ्दै छु हामी कति भाग्यशाली रहेछौं कि नेपाल जस्तो पून्य भूमिमा हामी जन्मियौं जुन ऋषि मुनीहरूको तपो भूमि हो । वेद व्यास ऋषिको जन्मभूमि, सीता माता, बुद्ध, भृकुटी जस्ता महान आत्माको पदार्पण भएको भूमि पवित्र भूमिका भाग्यशाली हामी वेद, वेदान्त, ध्यानको महत्व, अनुभूति र ज्ञान प्राप्त नगरी जीवन व्यतित गर्नु आफैंलाई न्याय नगर्नु हो ।

पश्चिमी विज्ञहरु आज संस्कृतको अध्ययन, वेदको रहस्य खोज्दै नेपाल र भारतका आश्रममा आफ्ना जीवन बिताइरहेका छन् । हामी त्यही वृक्षको मुनि जन्मिएर बिना वेद, वेदान्त र ध्यानको बारेमा नजान्नु मुर्खता जस्तो लाग्छ । क्यानाडाका नागरिक याखार्ट टोल, लण्डनका 
रुपर्ट, अमेरिकाका दीपक चोप्रा जस्ता विद्वानहरु (नन डुवालिटी) अद्वैतको अध्ययन अध्यापनमा छन् । ध्यान गर्छन्, गराउंछन् । संस्कृत भाषाको अध्ययन गर्छन्, गराउंछन् । कृपया हामी तौर तरिकाबाट बांचेका छौं । त्यो भन्दा छुट्टै आनन्दमय, शान्तिमय अध्यात्मिक संसार छ, त्यसको खोजीका लागि यात्रा शुरु गरौं । जे 
संसारबाट प्राप्त गरेका छौं सबै छाडेर जाने 
हौं । आफ्नु भनेको शुद्ध चेतना हो । म शरीर होइन, म शरीरमा हो ।

फेरी पनि मेरा परम गुरु ओशोलाई नमन गर्न चाहन्छु जसले मलाई बिउझाउंने काम गर्नु भयो । मेरो मासंग भेट गराउने कार्य गर्नु भयो । म उहांप्रति ठूलो ऋणी छु किनकि मलाई अज्ञानताको भूमरीबाट उतार्नु भयो । 
परम आत्मा ज्ञान दिनु भयो । आत्मा साक्षात्कार गराउनु भयो । जन्म सफल भएको महशुस गरेकी छु । ज्ञान र ध्यानको पथमा आनन्दित जीवन यात्रा गर्दै छु । बुद्ध भन्नु हुन्छ ,’अपो दिपो भव’ अर्थात आफ्नो दियो आफैं बन । आफू जाग र अरुलाई जगाउ । हामी शुद्ध चैतन्य हौं ‘अहम ब्रह्स्मी’ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक