बेलायतमा ‘वृहत नेवा मुना’ मा झल्कियो नेवारी संस्कृति

लन्डन । पासा पुचः गुठी यूकेले फार्नबोरोमा ‘छैठौं वृहत नेवा मुना (भेला)’ कार्यक्रम गरेको छ । शनिबार सामुयल कोडी लिजर सेन्टरमा आयोजित उक्त समारोहमा करिब ५५० सहभागी भए ।

पासा पुचः गुठी यूकेका ६ शाखाको संयुक्त सहकार्यमा आयोजित कार्यक्रममा प्रमुख अतिथी थिए- राजदूत डा. दुर्गाबहादुर सुवेदी । सम्वोधन गर्दै राजदूत डा. सुवेदीले आफू कार्यक्रममा राजदूत भन्दा पनि नेवार भाइ, छोराको रुपमा सहभागी भएको बताए । उनले नेवारी संस्कृति नेपालीको संस्कृति र सम्पति भएको बताउंदै नेवारी सभ्यता नेपालको इतिहासभन्दा पनि पुरानो र यो नेपालीहरुको प्राचीन सभ्यता भएको उल्लेख गरे । नेवार जातीले युगौं देखि मनाएका पर्व र परम्परा नेपालको सांस्कृतिक र राष्ट्रिय चाडपर्व भएको धारणा पनि उनले राखेका थिए ।

तस्विर- सुशील सिंह, नेपाली समाज यूके डटकम

कार्यक्रममा शैक्षिक तथा सांस्कृतिक प्रस्तुति गरियो । प्राज्ञ डेभिड गेल्नर, मेरिलिना फ्रिसोन, प्रनिसा शाक्य, ओजेश सिंह र सुशील प्रजापतिले नेवा संस्कृति सम्बन्धि ‘प्रिजेन्टेशन’ दिएका थिए । पासा पुचः गुठी यूके शाखाका विभिन्न कलाकारले सांस्कृतिक प्रस्तुतिका क्रममा विभिन्न नेवा गीत-नृत्य प्रस्तुत गरे ।

सो अवसरमा येन्या (इन्द्रजात्रा), कुमारी यात्रा पनि प्रस्तुत गरियो । लाखे, भैरब, पुलुकिसी, पञ्चकुमारी, मन्जुश्री नाच थप आकर्षण रहे । साउथ इष्ट मयजु पुचःको धिमे बाजामा पञ्चकन्यासहित कुमारी यात्रा गरिएको थियो ।

तस्विर- सुशील सिंह, नेपाली समाज यूके डटकम

कार्यक्रम संयोजन गरेको अल्डरसट शाखाका अध्यक्ष केशब श्रेष्ठले नेपाल र विदेशमा नेवा संस्कृति र समुदायको महत्व एवं अपरिहार्यताबारे प्रकाश पारेका थिए ।

कार्यक्रममा पासा पुच गुठी यूके (बोर्ड अफ ट्रष्टीज) का अध्यक्ष ओजेश सिंहले आफ्नो कमिटीको परिचय दिंदै सामूहिक एकताको महत्वमाथि जोड दिए । उनले कमिटीले नेपाली समुदायमा मात्र होइन्, विश्व समुदायमै नयां ‘रोल मोडल’ हरु जन्माउन क्रियाशिल रहेको पनि जनाए । पासा पुचः गुठी यूकेका महासचिव सुशील प्रजापतिले कार्यक्रममा स्वागत मन्तव्य दिएका थिए ।

कार्यक्रममा पहिलो पटक नेवा प्रदर्शनी समेत गरिएको थियो । उक्त प्रदर्शनीमा ५० भन्दा बढि मौलिक हस्तकला, चित्रकला र अन्य सामाग्री राखिएको थियो । कार्यक्रमका सहभागीलाई टिका लगाएर स्वागत गरिएको थियो भने समे बजी र रात्री भोज समेत प्रवन्ध गरिएको थियो ।

तस्विर- सुशील सिंह, नेपाली समाज यूके डटकम

भिडियो पनि-

प्रतिक्रिया

सम्बन्धित सामाग्री