मिसेस नेपाल यूके सेकेन्ड रनर अप पनि चुनावी मैदानमा


लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका पंजीकृत सदस्यहरुले आगामी १४ सेप्टेम्बरमा एक जना समाजिक ‘रोलमोडल’ लाई भोट दिने अवसर पाउने भएका छन् । अध्यक्षका प्रत्यासी शेर सुनारको प्यानलमार्फत यतिवेला ‘मिसेस नेपाल यूके २०१७’ की सेकेन्ड रनर अप अमृता गिरी गजुरेल मैदानमा आएकी छिन् ।

एनआरएनए यूके सदस्यका रुपमा ‘इन्ट्री’ गर्न लागेकी गिरी गायिका पनि हुन् । करिब आठ महिना अघि गायिकाका रुपमा उनी लन्डनमा उदाएकी थिइन् ।

सानैमा दुर्घटनामा परि एउटा हात गुमाएकी अमृताले थुप्रै सामाजिक कार्य गरेकी थिइन् । एनआरएनको कुनै पदमा नबसि पनि समाजसेवामा सकृय गिरीको सरल जीवन शैली र वेजोड कला देखेर धेरै नेपाली प्रभावित छन् । अपांगता भएपनि उनको साहस, आत्मविश्वास र लगाव अरुका लागि पनि प्रेरणा श्रोत हुने अपेक्षा अध्यक्षका प्रत्यासी शेर सुनारको छ ।

उनको एउटा हात छैन् तर अठोट, हिम्मत र साहस आम महिलाको भन्दा बढि देखिन्छ । २०० माइलसम्म निरन्तर मोटरवेमा कार हांकेर कार्यक्रममा पुग्छिन् ।

अमृताले बेलायतस्थित नेपाली दुतावासमा हुने प्राय कार्यक्रममा ‘डान्स’ समेत गर्छिन् । चुनाव प्रचारमा लागेकी अमृत आफूलाई बेलायतबासी नेपालीले भोट दिएर हौसला दिनेमा ढुक्क छिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री