निर्वाचन प्रजातान्त्रिक अभ्यास : कुल आचार्य

तस्बिर शिव भण्डारी

लण्डन ।  गैरआवासीय नेपाली संघका केन्द्रिय उपाध्यक्ष कुल आचार्यले निर्वाचन प्रक्रिया प्रजातान्त्रिक अभ्यासको एउटा अनुपम नमुना भएको बताएका छन् । शनिबार बिहान एनआरएनए युके निर्वाचनमा साउथ ह्यारो केन्द्रबाट मतदान गर्दै आचार्यले निष्पक्ष र शान्तिपूर्ण निर्वाचनको कामना पनि गरे ।  

आचार्यले बेलायत एनआरएन पन्जिकृत सदस्यका हिसाबले विश्वकै ठूलो शाखा बनेकामा आफूलाई भाग्यमानी लागेको बताउंदै शाखाको उचाइँ थप बढोस् भन्ने शुभकामना पनि दिए ।  

यसपटक बेलायत एनआरएनमा मतदाता संख्या १३ हजार ६ सय २९ छ ।

आचार्य एनआरएनए केन्द्रिय अध्यक्षका प्रत्यासी पनि हुन् । उनले आफ्नो उमेद्ववारी पनि छिट्टै घोषणा गर्ने जनाउ दिए । १२ वर्षसम्म कमिटीमा रहेर काम गरेका आचार्य दर्हो आत्मबिश्वासका साथ महिना दिनयता विश्व भ्रमणमा व्यस्त छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री