एनआरएन यूकेको मतगणना शुरु, शेर समूह बाहिरै

अल्डरसट । विवादका कारण रोकिएको एनआरएन यूकेको मतगणना शुरु भएको छ । आइतबार साँझ पौने ७ बजेदेखि मतगणना शुरु भएको हो । मतगणना रोकिंदा मतदाताहरुमाझ तीब्र असन्तुष्टि थियो ।

अध्यक्षका प्रत्यासीमध्ये एक शेर सुनार समूहले शनिबार सम्पन्न निर्वाचनको बेजिङस्टोक केन्द्रमा धाँधली भएको भन्दै मतगणना वहिस्कार गरेको छ । 

तर, अध्यक्षको अर्की प्रत्यासी पुनम गुरुङ समूहले भने जनमतलाई सहर्ष स्वीकार्ने जनाएको छ । 

प्रमुख निर्वाचन आयुक्त मेजर डमर घले र सह-प्रमुख आयुक्त शिवजी श्रेष्ठले सुरुमा स्कट्ल्यान्डको बाकस खोलेका थिए । त्यसपछि क्रमश वेल्स, नर्दन आयरल्यान्ड, केन्ट, रेडिङ बुथका बाकस खोलेर गणना अघि बढाइएको निर्वाचन समितिले जनाएको छ ।  

मतगणनाका लागि निर्वाचन समितिले अध्यक्षका दुवै उम्मेद्वारसँग ६० जनाका दरले गणक मागेको छ । उनीहरुले गणक पठाउन नसके स्वतन्त्र गणकहरु व्यवस्था गरेर भएपनि मतगणना अघि बढाइने निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री