सोनु निगम यूके कन्सर्टमा नेपाल प्रवर्धन

लन्डन । बलिउड भर्सटायल गायक सोनु निगमको बेलायत कन्सर्टमा नेपाल प्रवर्धन गरिएको छ । बेलायतमा आयोजित तीन बेग्ला बेग्लै कन्सर्टमा नेपाली कला, संस्कृति, परम्परा र प्राकृतिक सौन्दर्य झल्कने गरि प्रवर्धनात्मक सामाग्री देखाइएको हो ।

सोनुको पहिलो शो लिड्समा १० हजार, दोश्रो लेस्टरमा ३ हजार र सबैभन्दा वृहत शो वेम्ली एरिनामा करिब १० हजार दर्शकले कन्सर्ट अवलोकन गरिरहंदा नेपाल झल्कने भिडियो सामाग्री प्रस्तुत गरिएको थियो ।

कन्सर्ट प्रायोजन गरेको नेपाल फुड्सले नेपाल सामाग्री प्रवर्धनको चांजोपांजो मिलाएको हो । नेपाल फुड्सका ब्राण्ड निर्देशक विकास नेपालले खचाखच भरिएको कन्सर्टमा आफ्नो कम्पनीका नेपाली खाद्य वस्तुमात्र प्रवर्धन नगरि नेपाल, नेपाली संस्कृति, परम्परा, सगरमाथा, गोर्खा जस्ता सामाग्री देखाइएको जनाए ।

आइतबार वेम्ली एरिनामा भएको कन्सर्टमा राजदूत डा. दुर्गाबहादुर सुवेदी पनि दर्शकका रुपमा उपस्थित भए । राजदूत सुवेदीले नेपाल फुड्सले पर्यटन वर्षको प्रचार हुने गरि भिडियो सामाग्री प्रदर्शनको व्यवस्था मिलाएकामा धन्यवाद दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री