बर्न्टओकमा नि:शुल्क नेपाली कक्षा सन्चालन

लन्डन । नेपाली भाषा तथा सांस्कृतिक केन्द्र, बर्न्टओकले यो शैक्षिक सत्रदेखिनेपाली बालबालिकाहरुका लागि नि:शुल्क नेपाली कक्षा शुरु गरिएको जनाएको छ।

केन्द्रका अध्यक्ष सुमन प्रधानले केन्द्रसंग अहिले आफ्नै श्रोत पनि रहेको र अभिभावकहरुलाई थप आर्थिक भार नपरोस भन्ने उद्देश्यले  नेपाली कक्षा नि:शुल्क गरिएको बताए। उनले सबै अभिभावकहरुलाई आआफ्ना छोरा छोरी  नेपाली कक्षामा पठाएर बालबालिकाको समग्र व्यक्तित्व विकासमा सघाउन आग्रह पनि गरे।

स अघि केन्द्रले नेपाली नयां वर्ष २०७६ को अवसरमा  लन्डनमा शुभकामना आदानप्रदानसहित एक च्यारिटी कार्यक्रम गरेको थियो । नेपाली भाषा तथा सांस्कृतिक केन्द्रले गएको २ वर्ष भन्दा बढी समयदेखि  बालबालिकाहरुलाई नेपाली लेख्न, पढ्न र बोल्न सिकाउने उद्देश्यले नेपाली कक्षा संचालन गर्दै आएको छ ।

हरेक शनिबार संचालन गरिने सो कक्षामा आधा घण्टा योग र ध्यान तथा आधा घण्टा नेपाली संगीत पनि सिकाइन्छस बाहेक केन्द्रले बालबालिकाका लागि नेचर वाक, खेलकुद तथा नृत्य प्रशिक्षण आदि पनि संचालन गर्ने गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री