ह्यारो र बेजिङस्टोक मतदान केन्द्रको पनि मतगणना शुरु

लण्डन । ह्यारो र बेजिङस्टोक मतदान केन्द्रको पनि मतगणना शुरु भएको छ । निर्वाचन समितिका सदस्य यामबहादुर रानाको मध्यस्थतामा अध्यक्ष पदका उम्मेदवार शेरबहादुर सुनार तथा पूनम गुरुङबीच सहमतिपछि ह्यारो र बेजिङस्टोक मतदान केन्द्रको पनि मत गणना शुरु भएको हो ।

यसअघि अन्य ११ ओटा मतदान केन्द्रहरुको मतगणना बिहीबार अपरान्ह सकिएको थियो ।

एनआरएनएका केन्द्रिय उपाध्यक्ष कुल आचार्यले गतिरोध तोड्दै मतगणना जारी राख्न सहमतिमा पुगेकोमा अध्यक्ष पदका उम्मेदवार सुनार तथा गुरुङ एवं निर्वाचन समितिलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री