एनआरएन यूके अध्यक्षमा पुनम गुरुङ निर्वाचित (नतिजा विवरणसहित)

Poonam Gurung

पुनम गुरुङ

लन्डन । निर्वाचन भएको सातादिन पछि एनआरएनए यूकेले नयां नेतृत्व पाएको छ । शनिबार राती सकिएको मतगणनापछि पुनम गुरुङ अध्यक्ष निर्वाचित भएकी हुन् । प्रतिष्पर्धी शेरबहादुर सुनारलाई २ सय ३ मत अन्तरले हराउंदै पुनमले डेढ दशक लामो एनआरएन यूके इतिहासकै पहिलो महिला अध्यक्ष बन्न सफल भएकी छन् ।

मतगणनाको अन्तिम नतिजाअनुसार पुनमले ४५५१ मत प्राप्त गरेकी छन् भने सुनारले ४३४८ मत ल्याए ।

त्यसैगरि, उपाध्यक्षमा प्रेम गाहामगर ३५५९ र सुनिलबाबु खड्का २७५७ मत ल्याएर विजयी भए । महिला उपाध्यक्षमा रोजिना प्रधान राई ४४४४ मतसहित विजयी भइन् । उनकी प्रतिष्पर्धी बिमला लिम्बुले ३००५ ल्याइन् । त्यसैगरि, स्कटल्यान्डबाट केन्द्रीय उपाध्यक्षमा मोहनकुमार कार्कीले ३३२५ मत ल्याएर जितेका छन् । उनका प्रतिद्वन्द्वी यज्ञमूर्ति ढकालले २७२१ ल्याए ।

महासचिवमा फडिन्द्र भट्टराई ३९७५ मत प्राप्त गरी विजयी बने भने उनका प्रतिद्वन्द्वी कर्मा पहाडी शेर्पाले ३१९२ मत ल्याए । त्यसैगरि, सचिवमा जित रानाभाट ३२०९ र कोशलेश्वर (कृष्ण) ढकाल ३२१३ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वीहरु भोलाविक्रम राईले ३१७६ र विष्णु खरेलले २५९७ ल्याए ।

महिला सचिवमा रन्जिता मल्ल ४४९६ मत ल्याएर विजयी भइन् । मल्लकी प्रतिष्पर्धी लिला सेलिङ माबोले २३६७ मात्र ल्याइन् । कोषाध्यक्षमा तेजेन्द्र रोका ३५८७ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी तिलकराम भट्टराईले २९५५ मत ल्याएका छन् । त्यस्तै सह-कोषाध्यक्षमा शकुन्तला गुरुङ ३९३६ मतसहित निर्वाचित भइन् भने उनको प्रतिष्पर्धी विष्णु चालिसेले २८३८ ल्याए ।

युवा संयोजकमा नवीन गुरुङ ४३६८ ल्याएर विजयी भए भने उनका प्रतिद्वन्द्वी अनिल (तीर्थ) मल्लले २४७७ ल्याए । महिला संयोजकमा प्रसुना कंडेलले ३३८५ मतसहित आफ्नो स्थान सुरक्षित गरिन् भने क्षमता ढकालले ३२१० ल्याइन् ।

सदस्यहरुमा सरस्वती केसी ४०९३, अमृता गिरी ३८४०, गोमा पौडेल ३८३०, प्रकाश कंडेल ३३९९, कोपिला वनेम ३२६०, लालबहादुर गुरुङ ३०४३, कृष्णप्रसाद खरेल २८२९, डा. सुनिलकुमार शाह ३०९३, हेमबहादुर लिम्बु ३२१९, चन्द्रकला लिम्बु ३२१०, तारामैया गुरुङ २९५७, ज्ञानेन्द्रबहादुर आले मगर २६६६ मत ल्याएर विजयी भए ।

आइसीसी सदस्यमा लिलादेवी गुरुङ (४२९८), सुशिला राई (३९९७), योगकुमार फगामी (३९८३), दयानिधि सापकोटा (३३५८), ललितकुमार न्यौपाने (३१८२), अर्कराज तिम्सिना (२७३४) र सुरोज मास्के (२३१६ मत) सहित निर्वाचित भएका छन् ।

इङ्ल्यान्ड राज्य परिषद अध्यक्षमा दीपक श्रेष्ठ निर्वाचित भए । श्रेष्ठले ३१२० ल्याउंदा प्रतिष्पर्धी भिम सारुको २९०५ मत आएको छ ।
त्यसैगरि, उपाध्यक्षमा लालबहादुर (एलबीजेड) गुरुङ ३६३७ र सचिवमा गोबिन्द शर्मा खरेल २९५६ मत ल्याएर निर्वाचित भए । कोषाध्यक्षमा ध्रुवहरी बास्कोटा २७०७, सह-कोषाध्यक्षमा चन्दन गुरुङ ३७६० मत प्राप्त गरी जिते । सदस्यहरुमा बन्दना केसी ४६४२, मोहनलाल ओली ३५५४, प्रकाश न्यौपाने २९३४ र सिताकुमारी पन्त ३८२२ मतसहित विजयी भए ।

निर्वाचित हुनेमध्ये अधिकांश पुनम समूहका उम्मेद्वार छन् । यसअघि नर्दन आयरल्याण्ड उपाध्यक्षमा नारायण दत्त कंडेल र वेल्स उपाध्यक्षमा रामचन्द्र पोखरेल निर्विरोध भएका थिए ।

निर्वाचन समितिले नतिजाको औपचारिक घोषणा आइतबार गर्ने तयारी गरेको छ । गत १४ सेप्टेम्बरमा सम्पन्न निर्वाचनमा बेजिङस्टोक बुथमा धांधली भएको भन्दै शेर समूहले शुरुमा मतगणना बहिष्कार गरेको थियो । पछि एनआरएनए केन्द्रको निर्देशनपछि उम्मेदवारहरुबीच सहमतिमा मतगणना सुचारु गरिएको थियो । ‘डेड लक’ भइरहंदा एनआरएनए उपाध्यक्ष कुल आचार्यले विवाद सुल्झाउन गरेको अहंम भूमिका सर्वत्र प्रशंसनीय छ ।

उता, स्कटल्याण्ड राज्य परिषद अध्यक्षमा छविलाल अर्याल, उपाध्यक्षमा मनिष खत्री, सचिव दिवाकर पाण्डे, सहसचिव सजना भट्टराई गैरे, कोषाध्यक्ष शर्मिला भण्डारी, सहकोषाध्यक्ष भोजराज खरेल र सदस्यहरुमा रामप्रसाद कंडेल, शिवकान्त खराल, सुशीला गैरे र तिलकराम खरेल निर्वाचित भए ।

निर्विरोध निर्वाचित वेल्स राज्य परिषदमा अध्यक्ष कृष्णप्रसाद भण्डारी, उपाध्यक्ष अमृत घले, सचिव प्रकाश कंडेल, सह-सचिव सन्जिव मैनाली, कोषाध्यक्ष विभूषणमान श्रेष्ठ, सह-कोषाध्यक्ष शोभा राना पोखरेल र सदस्यहरुमा बलराम अधिकारी, खिमबहादुर क्षेत्री, जीवन केसी र रामेश्वर देवकोटा छन् ।

नर्दन आयरल्याण्ड राज्य परिषद पनि निर्विरोध भएको हो जसको अध्यक्षमा अध्यक्ष नारायणबहादुर कुंवर, उपाध्यक्ष बलबहादुर थापा, सचिव छमबहादुर रेग्मी, सह-सचिव विष्णुबहादुर क्षेत्री, कोषाध्यक्ष रामु खड्का, सह-कोषाध्यक्ष देवीलाल निउरे र सदस्यहरुमा रामप्रसाद निउरे, अमरबहादुर खत्री, जयन्ती चुडाल र तुलसीराम पौडेल छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री