बेलायतबाट एनआरएनए विश्व सम्मेलनमा जानेको संख्या २१७ (नामावलीसहित)


लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलनमा भाग लिन बेलायतबाट काठमाडौं जाने प्रतिनिधिहरुको टुंगो लागेको छ ।

एनआरएनए यूके बैठक तथा पदाधिकारीबीचको छलफल पछि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले तोकेको मापदण्ड पूर्णरुपमा पालना गर्दै प्रतिनिधि चयन गरिएको एनआरएनए यूके महासचिव फडिन्द्र भट्टराईले जानकारी दिएका छन् ।

यही अक्टोवर १५ देखि १७ सम्म काठमाडौंमा हुने विश्व सम्मेलनमा बेलायतबाट २१७ (वैकल्पिक सहित) जनालाई प्रतिनिधिमा समावेश गरिएको संघले जनाएको छ । गैरआवासीय नेपाली संघ युकेमा गत वर्षहरु भन्दा धेरै सदस्य रहेकाले विश्व सम्मेलनमा प्रतिनिधि हुन चाहनेको संख्या ४ सय भन्दा बढि पुगेपनि संघको मापदण्ड अनुसार कटौती गर्नु परेको भट्टराईले एक विज्ञप्तिमार्फत जनाएका छन् । प्रतिनिधिहरुले विश्व सम्मेलनमा भाग लिनुपूर्व २०० डलर बराबरको शुल्क काठमाडौंमै भुक्तानी गर्नुपर्ने बताइएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले तोकेको मापदण्ड अनुरुपको प्राथमिकता छनौटमा परेका प्रतिनिधिहरुको एनआरएन संगको आवद्धतालाई गहिरो र तथ्यगत खोजवीन गर्दै उनीहरुको पदभारलाई समेत सूचीकृत गरिएको विज्ञप्तिमा छ ।

प्रतिनिधि छनौट यथासक्य न्यायसंगत ढंगले गर्दागर्दै पनि यसपालिको अधिक आवेदनबाट सबै इच्छुकहरुलाई समावेश गर्न नसकिएको संघको स्पष्टोक्ति छ । तथापि छनौटमा नपरेका आवेदकहरुले मताधिकार बाहेक तोकिएको शुल्क बुझाएर सम्मेलनमा भाग लिन भने सक्ने जनाइएको छ ।

प्रतिनिधि चयन सम्वन्धमा चित्त नबुझे वा केन्द्रीय मापदण्ड विपरित भएको लागे इमेल- [email protected] मा जानकारी दिन पनि अनुरोध गरिएको छ ।

नामावली हेर्न तलको लिंक क्लिक गर्नुहोला:

https://drive.google.com/file/d/1xQPHLIYX_zic_MevPGw4jxxZBJMF38BI/view

प्रतिक्रिया

सम्बन्धित सामाग्री