उलीचमा प्रसाद र खीमाको लोकदोहोरी

लण्डन । बेलायत भ्रमणमा रहेका लोकदोहोरी कलाकारहरु प्रसाद खप्तरी र खीमा रोकाले उलीच तताउने भएका छन् ।

ग्रीनीच भलिवल परिवारको आयोजनामा नोभेम्बर १० का दिन लोटस क्लव उलीचमा उनीहरुले भरपुर मनोरन्जन दिलाउने भएका हुन् ।

साँझ ५ बजेदेखि शुरु भइ राति ११ बजेसम्म चल्ने सो पारिवारिक कार्यक्रममा सहभागी हुन ग्रीनीच भलिवल परिवारले लोकगीतका पारखीहरु सबैलाई अनुरोध गरेको छ ।

गुल्मी जिल्ला समाज युकेको निमन्त्रणामा बेलायत आएका खप्तरी यसअघि पनि पटकपटक युके आइ युकेबासीको मन जितिसकेका छन् भने खीमा रोका चर्चित लोकदोहोरी कार्यक्रम इन्द्रेणीका नियमित कलाकार हुन् ।

इच्छुकहरुले प्लमस्टिडस्थित मिल्सा स्टोर, लुम्बिनी स्टोरबाट टिकट लिन सक्नेछन् । यस्तै खड्ग रेश्मी, विनोद ज्ञवाली, रविन्द्र रोकामगर, कमल राना र राज कटवाललाई सम्पर्क गरेर पनि टिकट लिन सकिने छ ।

टिकटको मूल्य बयस्कका लागि १२ पाउन्ड तथा सात वर्षमाथिका बालबालिकाका लागि ७ पाउण्ड तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री