एनआरएनए अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार विवादमा

लण्डन । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् सम्मेलनमा वितरण गरिने अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार विवादमा परेको छ ।

निवर्तमान अध्यक्ष तथा आइसीसी सदस्य योगकुमार फगामीले एनआरएनए आईसिसि अध्यक्ष भवन भट्टलाई पुरस्कार छनौट प्रक्रियामा एकलौटी भएकाले स्थगित गर्न माग गरेपछि विवाद सार्वजनिक भएको हो ।

एनआरएनए यूकेले च्यारिटी गरि संचित कोषबाट गैरआवासीय नेपालीका बारेमा समाचार सम्प्रेषण गर्ने पत्रकारहरुलाई पुरस्कृत गर्न स्थापना गरेको थियो । यसका लागि निर्देशिका बनिसकेको थियो ।

एनआरएनए प्रवक्ता भूषण घिमिरेले सो पुरस्कारको संचालन निर्देशिका विपरीत यस पटकको पुरस्कार सस्थापक एनआरएनए युके र नेपाल पत्रकार महासंघ यूकेलाई जानकारी नै नदिई नाम सार्वजनिक गरे ।

उनले जारी गरेको प्रेस नोटमा एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार लन्डनबाट पत्रकार ध्रुवराज अर्याल र नेपालस्थित आर्थिक पत्रकार समाज नेपाल (सेजन) लाई संयुक्त रुपमा प्रदान गरिने छ ।एनआरएनए अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार २०१३ निर्देशिकाको धारा ५ (ख) र धारा ६ विपरीत गई पुरस्कार घोषणा संचार माध्यम मार्फत जानकारी आएकाले स्थगित गर्न माग फमागीले गरेका छन । यस पुरस्कारका कारण सेजन जस्तो संस्था पनि विवादमा पर्ने संभावना बढेको छ ।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक चिरञ्जिवी खनालको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिको सिफरिसअनुसार पुरस्कार बिजेताको निर्णय गरिएको हो ।

१ लाख रुपियाँ राशीको पुरस्कार हरेक दुई वर्षमा नेपाल तथा नेपालबाहिर रही नेपाली पत्रकारितामा सक्रिय एकरएक जना पत्रकार वा संस्थालाई प्रदान गरिन्छ ।

इमेल जस्ताको तस्तै-

श्री भवन भट्टज्यू,
अध्यक्ष, गैरआवासीय नेपाली संघ,
केन्द्रीय समिति, काठमाडौँ ।

विषय : पुरस्कार स्थगित गरिपाऊँ भन्ने बारे ।

महोदय,

उक्त सम्बन्धमा गैरआवासीय नेपाली संघ युकेले युकेमा च्यारिटी कार्यक्रम गरी सञ्चित कोषबाट गैरआवासीय नेपालीका बारेमा समाचार सम्प्रेषण गर्ने पत्रकारहरुलाई पुरस्कृत गर्न ‘गैरआवासीय नेपाली पत्रकारिता पुरस्कार’ स्थापना गरिएको जानकारी नै छ । सो पुरस्कारको सञ्चालनको लागि सन् २०१३ मै एक निर्देशिका पनि जारी भई सोही अनुसार सञ्चालन हुँदै आएकोमा यसवर्ष यस पुरस्कारको संस्थापक एनआरएनए युके र नेपाल पत्रकार महासंघ युकेलाई कुनै जानकारी नै नदिई, कुनै परामर्श नै नगरी ‘एनआरएनए अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार २०१३ निर्देशिका’ को धारा ५ (ख) र धारा ६ को विपरीत गई पुरस्कार घोषणा गरिएको सञ्चारमाध्यममार्फत जानकारीमा आएकाले सो पुरस्कार हालका लागि स्थगित गरिदिन अनुरोध गर्दछु ।

निर्देशिका मुताविक विधिसम्मत ढंगले सरोकारवालाहरु छलफल नभएसम्म पत्रकार महासंघ बेलायतको समर्थनसहित सो पुरस्कारको लागि राशी रोक्का गरिदिन हुन अनुरोध गर्दछु ।

उक्त राशीको स्थापनाकाल देखि हालसम्मको आय ब्ययको बारम्बार पत्रचार गरी रहंदा पनि हालसम्म कुनै विवरण नदर्शाइएको हुँदा सो विवरण प्राप्त नभए सम्म उक्त पुरुस्कारको राशी स्थगित गरी दिन हुन अनुरोध छ ।

धन्यवाद

With kind regards

Yog Kumar Phagami

निवर्तमान अध्यक्ष/निर्बाचित आइसीसी सदस्य

प्रतिक्रिया

सम्बन्धित सामाग्री