एनआरएनए निर्वाचन आज, राती नै नतिजा आउने


काठमाडौँ – गैर आवासीय नेपाली संघ (एनआरएनए) को नयां नेतृत्वका लागि आज बुधबार निर्वाचन हुने भएको छ । निर्वाचन कमिटीका अनुसार, बिहान ८ बजेबाट उम्मेदवारी मनोनयन दर्ता खुल्ला भइ मध्यान्ह १२ बजेसम्म रहनेछ । आज सांझ ५ देखि १० बजेसम्म निर्वाचन भइ राती नै परिणाम आइसक्ने निर्वाचन कमिटीको दाबी छ ।

एनआरएन शाखा रहेका विभिन्न ८१ मुलुकबाट करिब २५ सय प्रतिनिधिले मत दिनेछन् । ४२ पदमा मतदान हुनेछ । अध्यक्षका लागि कुल आचार्य र कुमार पन्तको प्रतिष्पर्धा छ ।

निर्वाचन समितिका अनुसार विद्युतीय मेशिनबाट मतदान हुने छ । चावहिलस्थित होटल हायातमा संघको ९ औं विश्व सम्मेलन तथा महाधिवेशन मंगलबारबाट जारी छ ।

यस्तो छ निर्वाचन तालिका-

प्रतिक्रिया

सम्बन्धित सामाग्री