मंगलबार, मंसिर २४ २०७६ | Tue, December 10, 2019
नेपालको समय: ०५:१६ | UK Time: 23:31

गजल

डा बच्चु कैलाश कैनी
२०७६ कार्तिक २७ गते १२:२१

डा बच्चु कैलाश कैनी

गजल

राम्रा हैन हाम्रालाई मात्रै मन पराउँछन् यहाँ

बेथिती बढ्यो भनि जनता कराऊंछन् यहाँ ।

 

गरीव दिन दु:खी को हुन् र सत्ताधारीको ?

जसरी हुन्छ आफ्नै भकारी भराऊंछन् यहाँ ।

 

समाजमा पाप र धर्मको फरक नजान्नेले

रातभरमा कालोलाई सेतो गराउँछन् यहाँ

 

अदालतमा बयान फेर्नेको बिगबिगी छ

डर धम्कीले सत्य बोल्न डराउँछन् यहाँ ।

 

दिनदहाडै गाउँबाट चेलीबेटी हराउंछन् यहाँ

छिमेकीले साँधको किल्ला सराउँछन् यहाँ

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक