मिस वर्ल्डमा भाग लिन लण्डन आउँदै मिस नेपाल अनुष्का

लन्डन । ‘मिस वर्ल्ड 2019’ प्रतियोगितामा भाग लिन मिस नेपाल अनुष्का श्रेष्ठ बुधबार लण्डन आउने तय भएको छ । यस वर्षको मिस वर्ल्ड प्रतियोगिता आउँदो डिसेम्बर १४ तारिख लण्डनमा हुँदैछ ।

मिस नेपाल अनुष्काले विश्वभरिका नेपालीको साथ-सहयोग आशा गरेकी छन् । अनुष्काले मल्टिमिडिया अवार्ड जित्न लाइक आवश्यक पर्छ जसका लागि MOBSTAR ‘एप्स’ डाउनलोड गर्नुपर्नेछ ।

‘एप्स’ डाउनलोड गरिसकेपछि अनुष्का श्रेष्ठ सर्च गरि लाइक गर्न सकिनेछ । जसले गर्दा भोट बढाउन सहयोग मिल्नेछ । हरेक फोटोको एक लाइक एक भोटका रुपमा गणना हुने आयोजकले जनाएका छन् ।

‘मल्टिमिडिया अवार्ड’ मा सर्वाधिक भोट पाउने प्रतियोगी उत्कृष्ट ४० मा सोझै पुग्नेछन् । त्यो भन्दा अगाडि पुगेर ताज जित्न पनि अनुष्काले योजना बुनेकी छिन् र आत्मविश्वास पनि छ ।

को हुन् अनुष्का ?

प्रतिक्रिया

सम्बन्धित सामाग्री