लिभरपुलमा नेपालका क्यान्सर पीडित बच्चाहरुका लागि च्यारिटी


लन्डन । लिभरपुल नर्थवेष्ट नेपाली समाजले गत आइतबार २४ नोभेम्बर २०१९ का दिन एक च्यारिटी कार्यक्रम गरेको छ । नेपालको कान्ति बाल अस्पताल लाई निरन्तर सहयोग गर्दै आएको संस्था ‘So The Child May Live’ लाई सहयोग गर्न समाजले कार्यक्रम गरेको थियो । यस संस्था लिभरपुलमा रहेको अल्डर हे बाल अस्पतालका 
नर्सहरुको सक्रियतामा स्थापना भएको हो । संस्थाले यो वर्ष नेपालका क्यान्सर पीडित बालबालिकाको मृत्यु दर घटाउन आवश्यक पर्ने सामाग्री तथा उपचारका लागि आर्थिक संकलन अभियान शुरु गरेको हो । यसबाट संकलित रकम बेलायत सरकारले दोब्बर गरिदिने छ ।

लिभरपुल र वरपर रहेका नेपाललाई माया गर्ने बेलायती तथा भारतीय नागरिकहरुको उल्लेखनीय उपस्थिति 
रहेको उक्त कार्यक्रममा नेपाली व्यवसायीहरुले पनि आर्थिक सहयोग गरेका थिए । एनआरएनए यूके, हेल्थ एक्चेञ्च नेपाल, नेपलिज डक्टर एसोसिएसन 
यूकेबाट समेत सहयोग प्राप्त भएको थियो ।

कार्यक्रममा स्थानीय कलाकारले सांस्कृतिक प्रस्तुति गरेका थिए । लिभरपुल नर्थवेष्ट नेपाली समाजका निवर्तमान अध्यक्ष तथा वर्तमान सल्लाहकार डा. शम्भु आचार्यले समग्र कार्यक्रम संयोजन गरेका थिए । डा. आचार्यले सोचेको भन्दा बढी आर्थिक संकलन भएको र सहयोग संकलन २१ जनवरी २०२० सम्म जारी रहने जानकारी दिए । सो अवसरमा समाजका अध्यक्ष देउमान इजमले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रमको अन्त्यमा समाजका सचिव शिवराज पन्त ले सबैलाई धन्यवाद दिए ।

समाजले बेलायतस्थित सम्पूर्ण संघसंस्थालाई सहयोग गर्न आव्हान गरेको छ । सहयोग यस लिंकबाट गर्न सकिनेछ-

https://uk.virginmoneygiving.com/donation-web/charity?charityId=1010965&stop_mobi=yes&fbclid=IwAR0hE9ME-ZK_vhL9Ie5p0VJewAQBHSblnCvf0GR6c0meXr2MEyDET_wOnv4

‘So The Child May Live’ अभियानको छोटो परिचय यस भिडियोमा छ-
https://www.youtube.com/watch?v=ZB8BSoHcfmc&feature=youtu.be
https://youtu.be/ZB8BSoHcfmc

प्रतिक्रिया

सम्बन्धित सामाग्री