गौरिकाले दिलाइन् अर्को स्वर्ण


लन्डन । दक्षिण एसियाली खेलकुद (साग) को इतिहासमै पौडीको व्यक्तिगत स्पर्धामा नेपाललाई पहिलो स्वर्णपदक दिलाएकी गौरिका सिंहले आइतबार पुनः अर्को स्वर्ण जितेकी छन् ।

महिलातर्फको ४ सय मिटर फ्रीस्टाइल स्वीमिङमा उनले स्वर्ण जितेकी हुन् । उनले निर्धारित दूरी ४ मिनेट २५.२८ सेकेन्डमा पार गरिन् ।
जारी सागमा गौरिकाले यो सहित ३ वटा स्वर्ण जितेकी छन् । यस अलवा, उनले एक रजत र एक कांस्य पनि जितेकी छन् ।

गौरिका लन्डन बस्छिन् । उनका बाबु पेशाले चिकित्सक हुन् । छोरीको सफलतामा परिवार पनि दंग छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री