गौरिका एकै पटक ४ स्वर्ण जित्ने पहिलो नेपाली

लन्डन । लन्डन निवासी पौडीबाज गौरिका सिंह दक्षिण एसियाली खेलकुद (साग) को ३५ वर्षे इतिहासमा एउटै संस्करणमा चार स्वर्णपदक जित्ने पहिलो नेपाली बनेकी छन् । पौडी प्रतिष्पर्धाको पांचौ दिन सोमबार १ सय मिटर 
फ्रिस्टाइलमा भारतकी शिवांगी शर्मालाई उछिन्दै १७ वर्षीया गौरिकाले यो सफलता हात पारेकी हुन् । उनले निर्धारित दूरी ५८ दशमलव १३ सेकेन्डमा पार गरिन् ।

भारतकी शिवांगी शर्माले निर्धारित दूरी ५८ दशमलव १५ सेकेन्डमा पार गरेर रजत जितिन् ।

गौरिकाले पौडीको अन्तिम दिन सोमबार दीपक विष्टको कीर्तिमान बराबरी गर्न सफल भएकी हुन् । तेक्वान्दोका विष्टले नेपालका लागि चार स्वर्ण चार संस्करणमा जितेका छन् ।

१३ औं सागमा गौरिकाले ४ स्वर्ण सहित २-२ वटा रजत र कांस्य समेत जितेकी छन् । इकान्तिपुर

प्रतिक्रिया

सम्बन्धित सामाग्री