तमु समाज युकेको ल्होछार/ल्होसार तयारी

लण्डन । तमु समाज युकेले विगत वर्षहरुमा जस्तै यस वर्ष पनि ल्होछार/ल्होसार मनाउने भएको छ । 

तमु (गुरुङ) भेषभुषा, कला संस्कृतिको संरक्षण-सम्बर्द्धन गर्दै आफ्नो पहिचान जीवन्त राख्न समाजले आउँदो जनवरी ४ तारिख शनिबार २०२० ह्यरो लिजर सेन्टरमा कार्यक्रम गर्ने भएको हो ।

च्यु (मुसा बर्ग) ल्होछार भब्य तवरबाट सम्पन्न गर्न तमु समाज युकेको ल्होछार/ल्होसार तयारी बैठक गत १४ डिसेम्बरका दिन सम्पन्न भयो । 

बैठकले संस्थाका संयोजक कमल गुरुङले सबै कार्यक्रम संयोजन गर्ने, कल्चरल सेक्रेटरी सरु गुरुङ र आमा समूहकी अध्यक्ष बिन्दु घलेले कल्चरल डान्सको तयारी गर्ने निर्णय गरेको छ ।

यस वर्ष तमु समाज युकेले संस्थालाई आर्थिकभार न्यून गर्न आमा समूहकी निवर्तमान अध्यक्ष श्रीमति माया गुरुङलाई आर्थिक प्रायोजन खोज्ने जिम्मेवारी दिएको छ । हरेक वर्ष तमु समाज युकेले अतिथी लगायत सम्पूर्ण सदस्यहरुलाई उत्कृष्ट बफेटका साथ न्यानो आतिथ्य दिने गर्छ ।  

त्यस्तै, हरिमान गुरुङले खाना, पूर्व अध्यक्ष शिवशरण गुरुङले स्टेज डेकोरेशन, निवर्तमान अध्यक्ष अर्जुनकुमार गुरुङले सर्टिफिकेट र प्रोग्राम लगायत प्रिन्टको तयारी गर्ने, उपाध्यक्ष शिव कुमारले भिआइपी सिटिङ प्लान र आमा समूह अध्यक्ष बिन्दु घलेले अतिथिहरुलाई स्वागत तथा हेरविचार गर्ने भएका छन् । 

बैठकले कोषाध्यक्ष यम गुरुङ र सह-कोषाध्यक्षलाई अर्थ व्यवस्थापन, ओमकार गुरुङ तथा टेक गुरुङलाई फोटोग्राफी र बिसन गुरुङलाई भिडियोको जिम्मा दिने निर्णय गरेको छ ।

बैठकले सचिव बुद्धि गुरुङलाई सेक्युरिटी टिम व्यवस्थापन, उपाध्यक्ष कन्याप्रसाद गुरुङलाई अतिथिहरुलाई खाना र पेय पदार्थ व्यवस्था गर्ने, अध्यक्ष र संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले सबै ठाउँमा हेर्ने जिम्मेवारी बाँडफाँड गरेको छ । 

संस्थाका कोषाध्यक्ष यम गुरुङले आर्थिक विवरण प्रस्तुत गरेपछि सुरु भएको तयारी बैठकको अध्यक्षता अध्यक्ष शिवचन्द्र गुरुङले र सञ्चालन महासचिब हर्क गुरुङले गरेका थिए । उक्त बैठक गत बैठकमा अधुरो रहेका कामको ‘रिभ्यू’ बाट सुरु गरिएको थियो । 

बैठकमा संस्थापक अध्यक्ष, निवर्तमान उपाध्यक्ष ले. मिम र बिजु गुरुङको पनि उपस्थिति थियो । अन्तमा च्यु ल्होसार भब्य रूपमा सफल बनाउन आफ्नो तन, मन, धन, भौतिक, आर्थिक अनि नैतिक रुपले सहयोग गर्ने सबै सहयोगी मनहरुलाई हार्दिक नमन सहित धन्यवाद व्यक्त गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री