
लण्डन । किरात राई यायोक्खा बेलायतले उधौली-२०२३ मनाएको छ ।
किरात राई हाउस ग्याम्बल्स लेन वकिङमा, २६ डिसेम्बर मंगलबारका दिन आयोजना गरिएको उधौली उत्सवमा प्रकृति पूजक किरात राईहरुले किरात राई परम्पराअनुसार भूमिको पूजा गर्दै सिलीसहित उत्सव मनाएका थिए ।
किरात राई जातिले यो चाडलाई पृथ्वीमा कृषि युगको शुरुवात भएदेखि नै मान्दै आएको विश्वास गरिन्छ । किरात राई जातिले यो चाडलाई ऋतु परिवर्तनसँगै वर्षमा दुईपटक धुमधामका साथ मनाउदै आएको पाइन्छ । वैशाख शुक्ल पूर्णिमा अर्थात वसन्त ऋतुमा उभौली र मंसिर शुक्ल पूर्णिमा अर्थात शरद ऋतुमा उधौली उत्सवको रुपमा मनाउने चलन रहेको उधौली-२०२३ को सम्योजक तथा किराया बेलायतको उपाध्यक्ष मे रि दिलकुमार राईले बताउनु भयो । सरल अर्थमा, किरात राईहरुले हरेक वर्ष अन्नबाली लगाउने बेलामा उभौली र अन्नबाली पाक्ने बेलामा खुशियाली मनाउँदै उधौली उत्सव मनाएको पाइन्छ ।
बहुभाषिक बहुथरी किरात राई जातिले उभौली र उधौलीलाई आआफ्नो भाषा अर्थात थरी अनुसार, वाम्बुले भाषिकले खाउमो, कुलुङ भाषिकले तोस, थुलुङ भाषिकले तोसी, दुमी भाषिकले तोसु, खालिङ भाषिकले वास, चाम्लिङ भाषिकले साकेला, बान्तवा भाषिकले साकेवारसाकेन्वा, पुमा भाषिकले साकेन्वा, साम्पाङ भाषिकले साकेवा, बाहिङरबायुङ भाषिकले हङरसेग्रो, मेवाहाङ भाषिकले हाङ आदि फरक फरक नामले पुकारेको पाइन्छ ।
किरात राई यायोक्खा बेलायतले बेलायतको प्रतिकूल मौसमको कारण प्रत्येक साल उभौली उत्सव मात्र ब्यापक तामझाम र भब्यताका साथ मनाउदै आएकोमा हिजो मनाइको उभौली-२०२३ नै ऐतिहासिक रूपले सबै विधी पुर्याउँदै सिलीसहित बेलायतमा मनाइएको पहिलो उधौली उत्सव रहेको र आउने सालहरुमा यसलाई ब्यापकतासहित निरन्तरता दिँदै लगिने किरात राई यायोक्खा बेलायतको संस्थापक तथा वर्तमान अध्यक्ष चन्द्र बहादुर राईले बताउनु भयो ।
किराया बेलायतको अध्यक्ष चन्द्र बहादुर राईको अध्यक्षतामा उधौली-२०२३ उत्सव समारोह सम्पन्न भएको थियो भने समारोहको प्रमुख अतिथिमा पूर्खा तथा किरात राई चाम्लिङ खाम्बातिम नेपालको संस्थापक अध्यक्ष जगत राई रहनुभएको थियो । विशेष अतिथिहरुमा मंगोल नेस्नल अर्गनाइजेसन क्रान्तिकारीको अध्यक्ष शक्ति चाम्लिङ राई र गैरआवासीय नेपाली संघ युकेको महासचिव प्रमिला लाबुङ राई रहनु भएको थियो । यसैगरी अतिथिहरुमा किराया बेलायत स्थानिय समन्वय परिषद अर्थात प्राकास ग्रेटर रस्मोरको अध्यक्ष ध्रुवसरी राई, किराया बेलायतको नाक्छुङ किताबसेर राई आदि रहनुभएको थियो ।
समारोह अवधिभरको लागि जनस्वास्थ्य र सुरक्षा सम्बन्धी सचेतना ब्रिफिङ उपाध्यक्ष क्या रि सुमनचन्द्र राईले दिनुभएको थियो । यसैगरी यस उधौली उत्सव समारोह कार्यक्रमको संचालन संस्थाको महासचिव चन्द्रवती राईले गर्नु भएको थियो ।

कोरियाबाट फर्किएका नेपाली कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग
इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
इरानले शान्ति प्रस्ताव अस्वीकार गरे पुनः आक्रमण गर्ने अमेरिकाको चेतावनी
लन्डनमा गुञ्जियो नेपाली हिपहप
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान