बुधबार, असोज ३१ २०७५ | Wed, October 17, 2018
नेपालको समय: २२:०० | UK Time: 17:15

अफगानिस्तानमा युद्धबाट गत वर्ष ११ हजार प्रभावित

काबुल, २४ माघ । अफगानिस्तानमा सन् २०१६ मा मात्रै झन्डै ११ हजार ५०० जना नागरिक प्रभावित भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । संयुक्त राष्ट्रसङ्घले सोमबार सार्वजनिक गरेको तथ्याङ्कमा प्रभावित हुनेहरुमध्ये एक तिहाई बालबालिका रहेका...

मसाज पार्लर आगलागीले १८ को ज्यान लियो

बेईजिङ, २४ माघ । चीनको एक मसाज पार्लरमा आगलागी हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ । घटनामा परी अन्य १८ जना घाईते भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । चीनको पुर्वी झेजिङमा स्थानीय...

साउदीका २७ विमानस्थल निजिकरण हुने

रियाद, २४ माघ । साउदी अरबका २७ ओटा विमानस्थल आउदो सन् २०१८ को मध्य देखि निजि कम्पनीहरुले चलाउने भएका छन् । विमानस्थललाई स्वतन्त्र संस्थाको रुपमा चल्ने दिने योजना अनुसार निजिकरण गर्न लागिएको स्थानीय एक...

टर्कीले समात्यो ४४५ आईएस आरोपी

इस्तानबुल (टर्की), २३ माघ । टर्कीको आतङ्कवाद नियन्त्रणका लागि खटिएको प्रहरीले इस्लामिक स्टेट (आईएस) समूह विरुद्धको अभियानअन्तर्गत आईएससँग संलग्नता रहेको आशङ्कामा ४४५ जनालाई प्रहरी नियनत्रणमा लिइएको राज्य सञ्चालित समाचार संस्था, एनादोलु न्युज एजेन्सीले जनाएको...

अफगानिस्तानमा हिमपहिरोले ५४ को मृत्यु

काबुल (अफगानिस्तान), २३ माघ । अफगानिस्तानको मध्य तथा उत्तरपूर्वी राज्यहरूमा व्यापक हिमबर्षापछि बढेको अधिक चिसो र हिमपहिरोका कारण पछिल्ला केही दिन यता भएका घटनामा ५४ जनाको मृत्यु भएको अफगानी अधिकारीले आइतबार बताएका छन् ।...

ट्रम्पले इटलीको भ्रमण गर्ने

अमेरिका, २३ माघ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प आउदो मे महिनामा इटली जानुहुने भएको छ । जी सेभेनको सम्मेलनमा सहभागी हुन उहाँ इटली जाने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले शनिबार जनाएको छ ।...

थापा सिलिकन भ्याली क्यालिफोर्नियाका लागि पर्यटन दूत नियुक्त

क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्निया क्षेत्रमा रहेर लामो समयदेखि नेपाली कला, संस्कृति तथा खेलकुद प्रवर्धन गर्दै आएका प्रकाश थापालाई नेपाल सरकार अन्तर्गतको नेपाल पर्यटन बोर्डले सिलिकन भ्याली क्यालिफोर्नियाका लागि पर्यटन दूतमा नियुक्त गरेको छ ।...

युक्रेनमा पछिल्लो झडपबारे ट्रम्प र पोरोसेन्कोबीच फोनवार्ता हुने

किभ (युक्रेन), २२ माघ । युक्रेनमा पछिल्ला केही दिनयता भएका झडपबाट झन्डै दुई दर्जन मानिसको मृत्यु भएपछि युक्रेनी राष्ट्रपति पेट्रो पोरोसेन्कोले आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग कुराकानी गर्नुहुने भएको छ । गत आइतबार पूर्वी...

आगलागीबाट ३९ को मृत्यु

बेइजिङ (चीन), २२ माघ । चीनमा एक हप्ता लामो पर्व बिदाको समय भएका विभिन्न आगलागीका घटनामा परी ३९ जनाको मृत्यु भएको चीनको सार्वजनिक सुरक्षा मन्त्रालयले शनिबार जनाएको छ । बिदाका समयमा देशभर १३ हजार...

दक्षिण सुडानमा चरम भोकमरी

जुवा (दक्षिण सुडान), २२ माघ । संयुक्त राष्ट्रसङ्घको मानवीय सहयोग मामिला हेर्ने सङ्गठन (ओसिएचए)ले दक्षिण सुडानका द्वन्द्वग्रस्त समुदायमा खाद्यान्न अभाव हुने खतरा रहेको बताएको छ । ओसिएचएको खाद्यान्न सुरक्षा तथा जीवनयापन मामिला विज्ञले दक्षिण...

रोमानीयमा भ्रष्टाचारीलाई संरक्षण गर्ने आदेश विरुद्ध विशाल प्रदर्शन

बुखारेष्ट, २२ माघ । भ्रष्टाचारी विरुद्धको कानुनलाई खुकुलो बनाउने सरकारी कदम विरुद्ध रोमानीयामा पाँचौदिन शनिबार पनि हजारौँले प्रदर्शन गरेका छन् । बुखारेष्टको बीचभागमा जम्मा भएर उनीहरुले मानव साङ्लो बनाएर चर्को स्वरमा सिटी बजाउदै भ्रष्टाचार...

ट्रम्पका निर्णयहरुले विश्व तरंगित

काठमाडाँै, २२ माघ । २० जनवरी २०१७ का दिन पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएका नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकपछि अर्काे गरी धमाधम सुरु गर्नुभएको निर्णयसँगसँगैै विश्व राजनीतमा नयाँ तरङ्ग उब्जिएको छ ।...
फेसबुक