बिहीबार, मंसिर २७ २०७५ | Thu, December 13, 2018
नेपालको समय: २१:२४ | UK Time: 15:39

नन्दबहादुर पुनले उपराष्ट्रपति पदमा उम्मेदवारी दिए

काठमाडौँ, १३ कात्तिक । एकीकृत नेकपा माओवादीका स्थायी समितिका सदस्य नन्दबहादुर पुनले उपराष्ट्रपति पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।  व्यवस्थापिका–संसद् सचिवालय, निर्वाचन अधिकृतको कार्यालय नयाँ बानेश्वरमा पुगेर उहाँले आज दिउँसो १२ः४५ बजे उम्मेदवारी दर्ता...

राखेप सदस्य–सचिवलाई नहटाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ, १३ कात्तिक । सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव केशवकुमार विष्टलाई हटाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको निर्देशन कार्यान्वयन नगर्न आदेश दिएको छ । प्रधानन्यायाधीश कल्याण श्रेष्ठको एकल इजलासले सदस्य–सचिव विष्टलाई हटाउने...

पेट्रोल लिन ट्याङ्करसहित प्रतिनिधिमण्डल केरुङ प्रस्थान

काठमाडौँ, १३ कात्तिक । चीनबाट प्राप्त हुने अनुदानको पेट्रोल लिन सीमा नाका केरुङतर्फ नेपाल आयल निगमको नेतृत्वमा एक प्रतिनिधि मण्डल प्रस्थान गरेको छ । चीनले अनुदानस्वरुप उपलब्ध गराउन लागेको पेट्रोल शनिबार साँझसम्म नेपाल–चीनको केरुङ...

सामाजिक सञ्जालमा जथाभावी लेख्नेलाई प्रहरीले कारबाही गर्ने

काठमाडौँ, १३ कात्तिक । सामाजिक सञ्जालमा सामाजिक सद्भाव बिथोलिने गरी सामग्री प्रकाशन तथा प्रदर्शन गर्नेलाई कारबाही गरिने नेपाल प्रहरीले जनाएको छ । प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले आज जारी गरेको सार्वजनिक सूचनामा भनिएको छ, ‘हालका दिनमा...

इन्धन बोकेका ६७ गाडी नेपाल प्रवेश

पथरी (मोरङ), १३ कात्तिक । विराटनगरको रानी भन्सार नाकाबाट इन्धन बोकेका ६७ गाडी आज नेपाल प्रवेश गरेका छन् । विराटनगर भन्सार कार्यलयका सूचना अधिकृत राजेन्द्र ढुङ्गानाका अनुसार जोगवनी नाका हुँदै आज मध्याह्नसम्ममा डिजेलका ५५,...

शुक्रबार उपराष्ट्रपतिको मनोनयन

काठमाडौँ, १२ कात्तिक । सङ्घीय गणतन्त्र नेपालको दोस्रो उपराष्ट्रपतिका लागि शुक्रबार उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ । व्यवस्थापिका–संसद् सचिवालयका अनुसार सो पदका लागि शुक्रबार बिहान १० बजेदेखि अपराह्न १ बजेसम्म उम्मेदवारी दर्ता गराउने निर्वाचन कार्यतालिका सार्वजनिक...

राष्ट्रपति भण्डारी शीतल निवास सरिन्

काठमाडौँ, १२ कात्तिक । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार राष्ट्रपति भवन, शीतलनिवासस्थित राष्ट्रपति आवासमा सरेकी छन् । आज पद तथा गोपनीयताको शपथ लिएपछि निवर्तमान निवर्तमान राष्ट्रपति डा रामवरण यादवको बिदाइ समारोहमा सरिक भइसकेपछि राष्ट्रपति भण्डारी शीतल...

चीनले नेपालको विकासमा निरन्तर सहयोग गर्ने

  काठमाडौँ, १२ कात्तिक । चीनले नेपालको राष्ट्रपतिमा नेकपा(एमाले) उपाध्यक्ष विद्यादेवी भण्डारी निर्वाचित भएकामा बधाई दिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले आज बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा नेपाली जनताले राष्ट्रपति भण्डारी...

राष्ट्रपति र सभामुख सम्हाल्ने भाग्यमानी यी महिला नेतृ

  काठमाडौँ, १२ कात्तिक । सङ्घीय गणतन्त्र नेपालको संविधान जारी भएको करिब ४० दिनभित्रै राष्ट्रपतिमा विद्यादेवी भण्डारी र सभामुखमा ओनसरी घर्तीमगर पदासिन बन्न सफल भएका छन् । नयाँ संविधानले स्थापित गरेको समावेशी तथा समानुपातिक प्रतिनिधित्वसम्बन्धी व्यवस्थाबाट...

शनिबारदेखि खाना पकाउने ग्यास पाइने

काठमाडौँ, १२ कात्तिक । लामो समयदेखिको इन्धन सङ्कट समाधान गर्ने उद्देश्यका साथ ग्यास उद्योगी सङ्घले शनिबारदेखि राजधानीमा ग्यास वितरण गर्ने भएको छ । व्यवसायीले ७.१ किलोको दरले ग्यास वितरण गर्न लागेका हुन् । हाल वितरणमा रहेको ग्यासको...

यस वर्ष चाँडै हिमपात

बाजुरा, १२ कात्तिक । सुदूर तथा मध्यपश्चिमका हिमाली जिल्लामा अरु वर्षभन्दा यस वर्ष चाँडै हिमपात हुन सुरु भएको छ । दसँैलगत्तै अधिकांश हिमाली क्षेत्रमा बुधबार बेलुकीदेखि परेको हिमपातका कारण जनजीवन कष्टकर भएको छ । “मङ्सिर १५ पछि हिउँ...

निवर्तमान राष्ट्रपति डा. यादव सक्रिय राजनीतिमा नफर्कने

ललितपुर। निवर्तमान राष्ट्रपति डा रामवरण यादवले आफू सक्रिय राजनीतिमा नफर्कने बताउनुभएको छ । ललितपुरको बागडोलस्थित सरकारले उपलब्ध गराएको निवासमा प्रवेश गर्ने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै निवर्तमान राष्ट्रपति यादवले सो कुरा बताउनुभएको हो । हिमाल,...
फेसबुक